काठमाडाैं । नेपाली बजारमा बिहीबार सुनको मूल्य ओरालाे लागेकाे छ ।
बुधबारको तुलनामा बिहीबार सुन तोलामा १०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
महासंघका अनुसार बिहीबारका लागि छापावाला सुनको मूल्य तोलाको ९१ हजार ७०० रुपैयाँ, तेजावी सुनको मूल्य ९१ हजार २०० रुपैयाँ र चाँदीको मूल्य प्रतितोला १ हजार २३० रुपैयाँ कायम गरिएको छ ।
बुधबार छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ, तेजावी सुन ९१ हजार ३०० रुपैयाँ र चाँदी तोलाको १ हजार २२५ रुपैयाँमा कारोबार भएको थियो ।
बिहीबार सुनको मूल्य घटेपनि चाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । बिहीबार चाँदी प्रतितोला ५ रुपैयाँले बढेको महासंघले जनाएको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस