गाउँ सहर
पाइलटले ड्यूटी सकियाे भन्दै रुकुम जाने जहाज नेपालगञ्जमै गरे अवतरण
- गाउँ सहर संवाददाता
- ७ मङ्सिर मंगलबार, २०७८ | १४:३३:०० मा प्रकाशित
काठमाडाैं । रुकुमका लागि उडेको नेपाल एयरलाइन्सको ट्वीनअटर बिमान नेपालगञ्जमा रोकिएपछि यात्रुहरु अलपत्र परेका छन् । उक्त विमानका पाइलट पेम्बा शेर्पाले ड्यूटी सकिएको भन्दै नेपालगञ्जमा अवतरण गराएका थिए ।
त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल काठमाडौंबाट नेपाल एयरलाइन्सको ट्वीनअटर विमान रुकुमको चौरजहारी विमानस्थलका लागि उडेको थियो । जहाजमा ८ जना यात्रुले यात्रा गरिरहेका थिए । यात्रुहरु चाडै रुकम आइपुगेको सोचेपनि जहाजबाट बाहिर निस्कदा नेपालगञ्ज भएको थाहा पाएका थिए ।
नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले यात्रुलाई बीचमा नै छाडिएको भन्ने जानकारी पाएको बताए । उनले यात्रुले दुःख पाएको विषयमा नेपाल वायुसेवा निगमले अध्ययन गर्ने र यात्रुलाई क्षतिपूर्ती दिने जनाएका छन् ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
प्रतिकृया दिनुहोस