तालिम प्राप्त कुकुरकाे सहायताले बेपत्ता व्यापारी खोज्न थालियाे
- गाउँ सहर संवाददाता
- ७ मङ्सिर मंगलबार, २०७८ | १४:१७:०० मा प्रकाशित

कपिलवस्तु । कपिलवस्तुमा गत शुक्रबारदेखि हराएका व्यापारी खोज्न तालिम प्राप्त कुकुर परिचालन भएको छ ।
शिवराज नगरपालिका-५ चन्द्रौटामा खाद्यान्न पसल सञ्चालन गर्दै आएका ३३ वर्षीय विक्रम पौडेल गत शुकबार साँझ ७ बजेदेखि बेपत्ता भएका थिए । ससुराली जाने भन्दै मोटरसाइकल लिएर बुद्धभूमि-४ बुड्ढी पुगेका पौडेल सम्पर्कमा नआएपछि जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय चन्द्रौटाले खोज तलास सुरू गरेको थियो ।
प्रहरीले पौडेल सवार मोटरसाइकल र प्रयोग गर्दै आएको मोबाइल बुद्धभूमि-९ बेल नदी नजिकै बेवारिसे अवस्थामा फेला पारेको थियो । लगातार प्रहरी प्रशासन र स्थानीयले खोजी गर्दा फेला नपरेपछि मंगलबार बिहानदेखि तालिम प्राप्त कुकुर परिचालन गरेको छ ।
कर्णाली प्रदेश प्रहरी मातहत रहेको तालिम प्राप्त कुकुर नेपालगन्जबाट ल्याएर खोज्ने काम सुरू गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताएका छन् । खोजतलास गर्न ल्याइएको कुकुर मान्छे खोज तलास गर्ने कार्यको लागि तालिम प्राप्त रहेको प्रहरीले बताएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस