अर्थतन्त्र

सुन ताेलामा १६ सय रुपैयाँ घट्यो

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ३०० रुपैयाँ तोकिएको छ । साेमबार प्रतितोला ९३ हजार ९०० मा कारोबार भएको सुन मंगलबार प्रतितोला एक हजार ६०० रुपैयाँले घटेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । 

महासंघले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९१ हजार ८०० कायम भएकामा सोमबार प्रतितोला ९३ हजार ४०० पुगेको थियो ।

त्यसैगरी, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले घटेर एक हजार २५५ तोकिएको महासंघले जनाएको छ ।

गाउँ सहर संवाददाता