नेपाल बारले आज कांग्रेससहित तीन दललाई ध्यानाकर्षण पत्र बुझाउने
- गाउँ सहर संवाददाता
- ७ मङ्सिर मंगलबार, २०७८ | ०९:०७:०० मा प्रकाशित

काठमाडौं। प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाको राजीनामा माग्दै आन्दोलनरत नेपाल बार एसोसिएसनले आज थप तीन राजनीतिक दललाई ध्यानाकर्षण पत्र बुझाउने भएको छ ।
नेपाल बार र बार सर्वोच्चले आज सत्तारुढ नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) तथा प्रतिपक्षी नेपाल मजदुर किसान पार्टीलाई ध्यानाकर्षण पत्र बुझाउन लागेका हुन् । बारले सोमबार नेकपा एमाले, माओवादी केन्द्र, जनता समाजवादी, राष्ट्रिय जनमोर्चा तथा सभामुख र राष्ट्रियसभाका अध्यक्षलाई ध्यानाकर्षण पत्र बुझाएको थियो ।
राणाले संवैधानिक प्रक्रियाबाट आएकाले राजीनामा नदिने र संवैधानिक प्रक्रिया (महाभियोग)बाटै अघि बढ्ने भनेपछि महिना दिनदेखि आन्दोलनरत कानुन व्यवसायी सोमबारदेखि राजनीतिक दलको दैलोमा पुगेका छन् ।
नेपाल बारका अध्यक्ष चण्डेश्वर श्रेष्ठ र सर्वोच्च बारका अध्यक्ष पूर्णमान शाक्यको नेतृत्वमा कानुन व्यवसायीहरू ध्यानाकर्षण पत्र बुझाउने छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ऊर्जा, सिंचाइ, भौतिक पूर्वाधार र सहरी विकासका जीर्ण आयोजनाको ठेक्का तोडिने
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
प्रतिकृया दिनुहोस