खेल

आर्मी र पुलिसले बराबरी खेले

तस्बिर-एन्फा

काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा साविक उपविजेता त्रिभुवन आर्मी क्लब र नेपाल पुलिस क्लबले बराबरी खेल्दै अंक बाडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सोमबार भएको विभागीय डर्बी १-१ गोलको बराबरीमा सकिएको हो ।

प्रतिस्पर्धात्मक बनेको खेलमा सुरुवाती एक गोलको अग्रता उल्टाएर आर्मीले पुलिससँग बराबरी खेलेको हो  ।

पुलिसका सन्तोष हेमरामले सुरुआती गोल गरे । आर्मीका विवेक बस्नेतले बराबरी गोल फर्काए ।

यस बराबरीसँगै आर्मी र पुलिसले १-१ अंक पाएका छन् ।

खेलमा आर्मीका सेसेहाङ म्यान अफ दि म्याच चुनिए ।

गाउँ सहर संवाददाता