वाई वाई यु–१९ गण्डकी प्रदेश छनौट क्रिकेटमा कास्की ५४ रनले विजयी
- गाउँ सहर संवाददाता
- ४ मङ्सिर शनिबार, २०७८ | २०:५५:०० मा प्रकाशित

पोखरा । प्रदेश क्रिकेट संघ गण्डकीको आयोजनामा पोखरा रंगशालामा सम्पन्न वाई वाई यु–१९ गण्डकी प्रदेश छनौंट क्रिकेट प्रतियोगिताको अन्तिम खेलमा कास्की विजयी भएको छ ।
शनिबार पोखरा रंगशलामा भएको खेलमा कास्कीले तनहुँमाथि ५४ रनको जित निकालेको हो ।
टस जितेर व्याटिङ्ग गरेको कास्कीले पुरा ४० ओभर खेल्दै ९ विकेटको क्षतिमा १ सय ६४ रन बनाएको थियो । प्रत्युक्तरमा तनहुँले २९.३ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय १० रन मात्रै बनाउन सक्यो ।
कास्कीको व्याटिङ्गमा अर्जुन कुमालले ४९, अभिषेक थापाले ४० रन बनाए । तनहुँका बलर विनोद नेपालीले २२ रन खर्चिएर ४ विकेट लिएका थिए । कास्कीका बलर सुवास भण्डारीले कसिलो बलिङ्ग गर्दै १९ रन खर्चिएर महत्पूर्ण ५ विकेट लिएपछि तनुहँको पारी १ सय १० रनमा समेटिएको हो । तनुहँको तर्फबाट विनोद नेपालीले १८ रन जोडे । खेलमा कास्कीका सुवास भण्डारी म्यान अफ द म्याच भए । प्रतियोगिताभर कूल १० विकेट लिएका उनी सर्वोत्कृष्ट बलर सहित म्यान अफ द सिरिज पनि चुनिए । त्यस्तै प्रतियोगिता भर १ सय ३७ रन बनाएका स्याङजाका मिलन क्षेत्री उत्कृष्ट व्याट्स्म्यान भए ।
विजयी खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष रबिन्द्रबहादुर प्रजु, ग्राण्ड हिमालय क्रिकेट एकेडेमीका अध्यक्ष सुदिप सर्मा लगायतले पुरस्कार वितरण गरे । सो अवसरमा अफिसियल मिडियाका गिता राना तथा प्रतियोगिताका सहयोगी बविन कुँवरलाई सम्मान गरिएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस