पछिल्लो समय कोरोनाबाट अमेरिकामा धेरैले ज्यान गुमाए, गम्भीर बिरामी अब ०.४ प्रतिशत
- गाउँ सहर संवाददाता
- २ मङ्सिर बिहीबार, २०७८ | ०५:४५:०० मा प्रकाशित

काठमाडौँ । विश्वमा कोरोनाले २५ करोड ५६ लाख बढी संक्रमित हुँदा रोग जित्ने २३ करोड १० लाख माथि पुगेको छ । तर ५१ लाख ३७ हजार ४९९ जनाले भने ज्यान गुमाएका छन् ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइरसका अनुसार सक्रिय १ करोड ९४ लाख ७१ हजार ३९८ संक्रमितमध्ये ७८ हजार ७२० को अवस्था एकदमै गम्भीर छ । जुन ०.४ प्रतिशत हो ।
यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा विश्वभर सात हजार ५६७ को निधन भइसकेको छ । पाँच लाख ६६ हजार ६५ नयाँ सक्रमित थपिएका छन् भने चार लाख ५३ हजार ३०३ जना निको भएका छन् ।
तथ्याँकनुसार मृत्यु प्रति दशलाखमा ६५९.१ प्रतिशत रहेको छ ।
नेपालमा पछिल्लो २४ घण्टामा देशभर ४१२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । कुल ११ हजार ९९३ जनामा भएको परीक्षणमा ४१२ जनामा संक्रमण पुष्टि भएको हो । यस्तै पछिल्लो २४ घण्टामा २०२ जना कोरोनाभाइरस संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ८ लाख १८ हजार ३५ जना पुगेको छ भने एन्टिजेन विधिबाट भएको परीक्षणमा ९५ हजार २२३ जना पुगेको छ । संक्रमितमध्ये हालसम्म ७ लाख ९८ हजार ९१६ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको मुत्यु भएको छ भने यससँगै मृतकको कुल संख्या ११ हजार ४८३ जना पुगेको छ हाल देशभर सक्रिय संक्रमित ७ हजार ६३६ जना रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस