कोरोना जित्ने ९७.७ प्रतिशत, २४ घण्टामा ३७७ जना नयाँ थपिए, तीन जिल्लामा शुन्य संक्रमण
- गाउँ सहर संवाददाता
- ३० कार्तिक मंगलबार, २०७८ | १६:२९:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप चार जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ११ हजार ४८२ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नौ हजार १४९ जनाको परीक्षण गरिएकोमा नयाँ ३७७ संक्रमित थपिएका छन् भने निको हुने १७० छन् ।
पछिल्लो २४ घण्टामा ७९ हजार ५६९ जनाले खोप प्राप्त गरेसंगै पूर्ण खोप लगाउनेको कुल संख्या ७६ लाख २४ हजार ३८ पुगेको मन्त्रालयले बताएको छ ।
उसका अनुसार क्वारेन्टाइनमा रहनेको संख्या ९८ छ भने देशमा सक्रिय संक्रमितको संख्या सात हजार ४७६ छ । यस्तै १८.१ प्रतिशत संक्रमण दर र प्रति दशलामा मृत्यु ३७८ रहेको छ ।
काठमाडौँ र भक्तपुर ५०० बढी संक्रमित जिल्ला हुन भने २०० कम संक्रमित रहेका १० जिल्ला रहेका छन् । तर मनाङ, हुम्ला र डोल्पा शुन्य संक्रमित जिल्ला भएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस