पोखरामा वाई-वाई यु–१९ गण्डकी प्रदेश क्षेत्रीय छनौट क्रिकेट प्रतियोगिता शुरु
- गाउँ सहर संवाददाता
- २९ कार्तिक सोमबार, २०७८ | २१:५०:०० मा प्रकाशित

कास्की । वाई वाई यु–१९, गण्डकी प्रदेश क्षेत्रिय छनौट क्रिकेट प्रतियोगिता आइतबारदेखि पोखरा रंगशालामा शुरु भएको छ । प्रतियोगिताको उद्घाटन खेलमा कास्कीले स्याङ्गजामाथि ३ विकेटको जित निकालेको छ । टस जितेर ब्याटिङ्ग गरेको स्याङ्गजा ले ३८ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै १ सय ३२ रन जोडेको थियो । स्याँँग्जाका विष्णु पाण्डेले ३० तथा सुजन गौतमले १९ रनको पारी खेले । कास्कीका बलरहरु अभिषेक थापा र किरण पौडेलले ३÷३ विकेट लिए । त्यस्तै सुवास भण्डारीले २ तथा देव शाह र प्रमोद बाँस्तोलाले १-१ विकेट लिन सफल भए ।
जितका लागि १ सय ३३ रनको लक्ष्य पछ्याएको कास्कीले ३० ओभरमा ७ विकेट गुमाएर जित हाँसिल ग¥यो । कास्कीको तर्फबाट म्यान अफ द म्याच अर्जुन कुमालले ७० बलमा ६९ रनको महत्वपूर्ण योगदान दिए । उनको पारीमा ११ चौका सामिल थियो । त्यस्तै सुवास भण्डारीले १५ रन जोडे । स्याँग्जाको वलिङ्गमा संदिप खत्रीले ३, करण पंगेनीले २ तथा टिकाराम गौतम र तुल्सीराम भण्डारीले १÷१ विकेट लिए ।
यसअघि व्याटिङ्ग गरेर प्रतियोगिताको उद्घाटन गर्दै भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले नेपालले छोटो समयमै क्रिकेट खेलमा अन्र्तराष्ट्रिय सफलता हाँसिल गरेको भन्दै अन्य खेलको तुलनामा क्रिकेट खेलमै बढी सम्भावना देखिएको बताए ।
उद्घाटन समारोहमा बोल्दै प्रदेश खेलकुद परिषद् गण्डकीका सदस्य सचिव तेज गुरुङ्गले क्रिकेट खेलले अन्र्तराष्ट्रिय जगतमा राष्ट्रिय गरिमा बढाएको भन्दै यसको विकासका लागि पूर्वाधारमा जोड दिनुपर्ने बताए । कास्की जिल्ला क्रिकेट संघका अध्यक्ष सञ्जयकान्त सिग्देलले सञ्चालन गरेको कार्यक्रममा नेपाल क्रिकेट संघका सदस्य ऋषिराम गौतम, क्षेत्रिय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण योगी लगायतको उपस्थिती रहेको थियो । राउण्ड रोविनको आधारमा छ दिन सम्म चल्ने प्रतियोगितामा कास्की, तनुहँ, नवलपुर र स्याङ्गजा गरी चार टिमले भाग लिएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस