गाउँ सहर
हुण्डी कारोबार गर्ने एक जना प्रहरी नियन्त्रणमा
- गाउँ सहर संवाददाता
- २९ कार्तिक सोमबार, २०७८ | १५:३०:०० मा प्रकाशित

काठमाडौं । हुण्डी कारोबारमा संलग्न एक जनालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
हुण्डीको कारोबारमा संलग्न रहेको अभियोगमा कालिमाटी बस्ने सप्तरी मलेपुर गाउँपालिका-५ का २५ वर्षीय अमर नारायण दासलाई प्रहरीले पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।
प्रहरीले दासको साथबाट १६ लाख २० हजार ९०० रुपैयाँसहित प्रहरीले पक्राउ गरेको हाे । कालिमाटी क्षेत्रमा हुण्डी कारोबार भईरहेको भन्ने सूचनाको आधारमा महानगरीय अपराध महाशाखा मिनभवनको प्रहरीले उनलाई नगदसहित पक्राउ गरेको हो ।
दासलाई आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान विभाग पुल्चोक, ललितपुर पठाइएको महाशाखाले बताएकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
प्रतिकृया दिनुहोस