प्रधानन्यायाधीश जबरा आज इजलासमा बस्ने
- गाउँ सहर संवाददाता
- २९ कार्तिक सोमबार, २०७८ | ११:००:०० मा प्रकाशित

काठमाडाैं । प्रधानन्यायाधीश जबरा आज इजलासमा बस्ने भएका छन् । सर्वोच्च अदालतमा कानुन व्यवसायी र न्यायाधीशहरुको ‘बेन्च वहिष्कार’ का बाबजुद पनि दैनिक विभिन्न मुद्दाको पेसी तोक्ने काम भइरहेकाे छ । सोही क्रममा सोमबारका लागि २९८ मुद्दाको पेसी तोकिएको छ । नेपाल बार एशोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै दैनिक आन्दोलन गर्दै आइरहेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरुले पनि बन्दी प्रत्यक्षीकरण बाहेकका मुद्दामा बेन्च वहिष्कार गर्दै आएका छन् ।
तरपनि, सोमबारका लागि विभिन्न विषयका २९८ मुद्दा पेसीमा राखिएको छ । ती मुद्दालाई विभिन्न १० इजलासमा सुनुवाइका लागि पेसी तोकिएको हो । प्रधानन्यायाधीश जबरा पनि इजलासमा बस्ने भएका हुन् । उनलाई बार एशोसिएशनले इजलासमा नबस्न यसअघि नै सुझाव दिएको थियो ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस