गाउँ सहर
ओखलढुंगामा जिप दुर्घटना हुँदा तीन जनाकाे मृत्यु, १३ जना घाइते
- गाउँ सहर संवाददाता
- २९ कार्तिक सोमबार, २०७८ | १०:४१:०० मा प्रकाशित

काठमाडाैं । ओखलढुंगामा जिप दुर्घटना भएकाे छ । दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।
सुनकोशी गाउँपालिका ९ काँडेभञ्याङ नजिकै आज बिहान ७:३० बजेतिर जिप दुर्घटनामा परेको हो ।
जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी नायब उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार जिप दुर्घटनामा परी ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।
दुर्घटनामा १३ जना घाइते छन् ।
‘घाइतेमध्ये चार जनाको अवस्था गम्भीर छ । हेलिकप्टर मगाएका छौं,’ उनले भने। घाइतेहरूलाई काठमाडौं ल्याउने तयारी छ ।
प्रदेश ३-१०२२-च९६९४ नम्बरको जिप दुर्घटनामा परेको प्रहरी जनाएकाे छ ।
दुर्घटनामा परेका घाइतेहरूको प्रहरीले उद्धार गरिसकेको छ । मृतकहरूको खनाखत भइसकेको छैन ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस