गाउँ सहर

प्रचण्ड अस्पतालबाट घर फर्किए

काठमाडौँ ।  नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकम दाहाल ‘प्रचण्ड’ आज मेडिसिटी अस्पतालबाट घर फर्किएका छन् । देशका विभिन्न जिल्लाका कार्यक्रममा सहभागी हुने क्रममा धपेडीले गर्दा रक्तचाप बढेपछि उनी स्वास्थ्य परीक्षणका लागि शनिबार अस्पताल भर्ना भएका थिए ।

अध्यक्ष दाहालको सचिवालयका अनुसार चिकित्सकले उनलाई केही दिन घरमै आराम गर्न सुझाव दिएका छन् । अध्यक्ष दाहाल डोल्पा, भोजपुर लगायतको कार्यक्रमपछि अस्वस्थ भएका थिए ।

 

गाउँ सहर संवाददाता

तपाईँको मत