गाउँ सहर
पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विद्यार्थीले निकाले खाली सिलिन्डरसहित जुलुस
- गाउँ सहर संवाददाता
- २८ कार्तिक आइतबार, २०७८ | १५:५२:०० मा प्रकाशित

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा विभिन्न राजनीतिक दलनिकट विद्यार्थी संगठनले सिलिन्डर बोकेर जुलुस निकालेका छन् । आइतबार दिउँसो काठमाडौंमा विद्यार्थीले प्रदर्शनीमार्गस्थित रत्नराज्यलक्ष्मी क्याम्पसबाट सिलिन्डर बोकेर जुलुस निकालेका हुन् ।
उनीहरूले सिलिन्डरमा ‘मलाई किन यति अमूल्य बनायौँ ? गरिब जनताको घरमा म कसरी बल्ने?’लगायत पोस्टर लेखेर टाँसेका थिए । सरकारले केही समयअघि खाना पकाउने ग्याँससहित पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।
आजैमात्र विप्लव नेतृत्वको नेकपा निकट विद्यार्थीले पनि मूल्यबृद्धिको विरोधमा एक घण्टा चक्काजाम गरेका थिए । विप्लव नेतृत्वको नेकपाले ३० कात्तिकमा मूल्यबृद्धिको विरोधमा नेपाल बन्द गर्ने घोषणा गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- साउने संक्रान्ति : लुतो फ्याँक्ने चलन, किन फालिन्छ लुतो नयाँ पुस्तालाई थाहै छैन्
- बिर्सनुभयाे कि -बीपी राजमार्गमा आजदेखि राति १२ घण्टा यातायात सञ्चालन नहुने
- आर्थिक वर्षकाे अन्तिम दिन नेप्से परिसूचक २८ सय नजिक, काराेबार रकममा वृद्धि
- बैंकहरूले साउन महिनाका लागि घटाए ब्याज दर, बैंकमा पैसा थुप्रियाे
- ३४ अंकले बढेकाे नेप्से परिसूचकमा यी कम्पनीले कमाए
- यस्ता छन् सङ्घीय संसद्को दुवै सदनको बैठककाे कार्यसूची ?
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
प्रतिकृया दिनुहोस