सेयर बजार सुधारिने संकेत, काराेबार रकम भने न्यून
- गाउँ सहर संवाददाता
- २८ कार्तिक आइतबार, २०७८ | १५:२०:०० मा प्रकाशित

काठमाडौं । निकै उचार चढावकाबीच साताको पहिलो दिन आइतबार सेयर बजार नेप्से परिसूचक झिनो अंक घटेर बन्द भएको छ ।
केही दिनदेखि निरन्तर घटिरहेकाे शेयरबजार आइतबारकाे अवस्थाले रोकिएको संकेत गरेकाे छ । यसदिन बजार मापन गर्ने सूचक १.३८ अंकले घटेर परिसूचक २६८८.९२ बिन्दुमा रोकिएको छ ।
यस दिन नेप्से ओरालो लागेपनि ४ कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन बोटलर्स नेपाल (तराई), मानुषी लघुवित्त, तेह्रथुम पावर कम्पनी र महालक्ष्मी विकास बैंकको सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो ।
यस दिन हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको शेयर यस दिन नकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसैगरी, यस दिन साहस उर्जाको शेयरमूल्य ८.७४ प्रतिशत घटेको छ ।
काराेबार भएका २३० कम्पनीको ७४ लाख ३४ हजार ५३७ कित्ता सेयर ४ अर्ब ९ करोड ६२ लाख १९ हजार ५२५ रुपैयाँको सेयर किनबेच भएको छ ।
यो दिन कारोबार रकमको आधारमा महालक्ष्मी विकास बैंक अग्रस्थानमा रहेको छ । बैंकको २७ करोड ३९ लाख ९३ हजार रुपैयाँ बढीको सेयर किनबेच भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
- यी हुन् मन्त्रिपरिषदका निर्णयहरू
प्रतिकृया दिनुहोस