गाउँ सहर

एयर गनसहित युवक पक्राउ

काठमाडाैं । एयर गनसहित एक जना  युकक पक्राउ परेका छन् । काठमाडौं महानगरपालिका–११, थापाथली डेरा गरी बस्ने कैलाली घर भएका २१ वर्षीय जितेन्द्र नाथलाई एक थान एयर गनसहित शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

नाथले कोठामा अवैध हातहतियार लुकाइराखेको सूचनापछि महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले कोठा खाेजतलासी गर्दा उक्त हतियार फेला पारेर उनलाई पक्राउ गरेको जनाइएको छ ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ । 

 

गाउँ सहर संवाददाता