वातावरण

गण्डकी प्रदेशमा हिमपातकाे सम्भावना, अन्य भू-भागहरूमा आंशिक बदली

काठमाडौं । आज देशभरकाे मौसमको अवस्था सामान्य रहेको छ । जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार कुनै उल्लेखनीय मौसमी प्रणाली नभएकाले मौसम सफा रहेको हो ।

महाशाखाले आज (आइतबार) बिहान मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै हाल देशका पहाडी भू–भागहरूमा आंशिक बदली  रही  बाँकी भू–भागको मौसम सामान्यतया सफा  रहेको जनाएको छ ।

साथै उसले वायुको अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले चिसोबाट बच्न सामान्य सतर्कता अपनाउनसमेत अनुरोध गरेको छ ।

प्रदेश १, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली तथा अन्य प्रदेशका पहाडी भू-भागमा माैसम सफा रहेन छ ।

गाउँ सहर संवाददाता