काेराेना संक्रमण दर १८.२ प्रतिशत, मृत्यु प्रति दश लाखमा ३७७.२, थप ६ जनाकाे निधन
- गाउँ सहर संवाददाता
- २४ कार्तिक बुधबार, २०७८ | १५:५१:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप ६ जना संक्रमितको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ४६० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६ हजार ८१४ को परीक्षण हुँदा ४४० संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार निको हुनेको संख्या गत २४ घण्टामा ४७४ छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या ९९ छ ।
देशमा सक्रिय संक्रमितको संख्या सात हजार ५१९ रहेको छ ।
अहिलेसम्म पूर्ण खोप खोप लगाउनेको संख्या ७४ लाख ८२ हजार १९५ छ । पछिल्लो समय १६ हजार ५२९ जनाले खोप लगाएका छन् ।
मन्त्रालयका अनुसार संक्रमण दर १८.२ प्रतिशत र मृत्यु प्रति दश लाखमा ३७७.२ रहेको छ ।
मन्त्रालयका अनुसार अहिले ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरु २ छन् भने २०० माथि संक्रमित रहेका ९ जिल्लाहरु छन् ।
तर मुगु र हुम्ला शुन्य संक्रमित रहेका जिल्ला बनेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस