वातावरण

अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रम जारी, बुधबार सामान्य बदली

काठमाडाैँ । आज २०७८ कार्तिक २४ गते (बुधबार), जल तथा माैसम विभागका अनुसार दिउँसो प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू-भागमा आंशिक देखि सामान्य बदली र बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

यस्तै राति देशको पहाडी भू-भागमा आंशिक बदली रहि बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ ।

विभागले भनेकाे छ - "अधिकतम र न्यूनतम तापक्रम घट्ने क्रममा रहेकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ ।"

गाउँ सहर संवाददाता