वातावरण

आज आइतबार, यस्ताे छ माैसम

काठमाडाैँ । आज २०७८ कार्तिक २१ गते (आइतबार) दिउँसो देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका एकदुई स्थानहरुमाहल्का वर्षाको सम्भावना रहेको छ । साथै प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एकदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

यस्तै राति देशका प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली तथा अन्य प्रदेशहरुमा आंशिक बदली रहने छ । प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एकदुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।

गाउँ सहर संवाददाता