भरतपोखरी विकास मञ्चको आयोजनामा चौथो देउसी भैलो प्रतियोगिता
- गाउँ सहर संवाददाता
- १८ कार्तिक बिहीबार, २०७८ | २१:००:०० मा प्रकाशित
पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ मा रहेको भरतपोखरी विकास मञ्चले समुदायसँगको सामिप्यता मातृभूमिप्रतिको उच्च सम्मान, लोकसंस्कृति जगेर्णा र स्रष्टा सम्मान सामाजिक साँस्कृतिक विकासका लागि नयाँ अभियान भन्ने मुल मर्मका साथ प्रतियोगितात्मक देउसी भैलो तथा एकल नृत्य सम्पन्न गरेको छ ।
देउसी भैलो प्रतियोगितामा दिगो शान्ति महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठुलढुङगाचोक गण्डकीबेसी समूहले प्रथम स्थान हासिल गरी २० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरेको छ ।
यसैगरी प्रतियोगितामा शिबबस्ती आमा समूह दोस्रो, सिस्ने सरस्वती आमा समूह तेस्रोे र कालिकास्थान बजार व्यवस्थापन समितिले चतुर्थ स्थान हासिल गरे ।
पोखरा महानगरपालिका वडा नं ३३ कालिका स्थान सामाजिक समारोह स्थलमा सम्पन्न प्रतियोगितात्मक चौथो खुल्ला देउसी भैलो तथा एकल नृत्य प्रतियोगितामा एकल नृत्यतर्फ सुस्मिता सुनार प्रथम, आयुष गुरुङ द्वितीय, स्वस्तिका आचार्य तृतीय र प्रसंशा थापाले चतुर्थ स्थान हासिल गर्न सफल भए ।
प्रतियोगिताका विजयीलाई पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले नगद पुरस्कार सहित सम्मानपत्र प्रदान गरे । भरतपोखरी विकास मञ्चका अध्यक्ष डिल्लीराम बरालको अध्यक्षतामा प्रतियोगिता सम्पन्न भएको थियो । रामप्रसाद ढकाल र संयोजक चेतबहादुर महतले संचालन गरेको प्रतियोगिताका वक्ताहरुले लोकसंस्कृति देउसी भैलोको महत्व बारे प्रकाश पारेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
- गृह मन्त्रालयद्वारा एन-प्याब्सन निलम्बित
- नेप्से ५ अंकले घट्यो, सूचक घटे पनि लगानीकर्ताको उत्साह
- प्रधानमन्त्री कार्यालयको कालो सूचीमा परे यी ६ निर्माण कम्पनी
प्रतिकृया दिनुहोस