भरतपोखरी विकास मञ्चको आयोजनामा चौथो देउसी भैलो प्रतियोगिता
- गाउँ सहर संवाददाता
- १८ कार्तिक बिहीबार, २०७८ | २१:००:०० मा प्रकाशित
पोखरा । पोखरा महानगरपालिका वडा नं ३३ मा रहेको भरतपोखरी विकास मञ्चले समुदायसँगको सामिप्यता मातृभूमिप्रतिको उच्च सम्मान, लोकसंस्कृति जगेर्णा र स्रष्टा सम्मान सामाजिक साँस्कृतिक विकासका लागि नयाँ अभियान भन्ने मुल मर्मका साथ प्रतियोगितात्मक देउसी भैलो तथा एकल नृत्य सम्पन्न गरेको छ ।
देउसी भैलो प्रतियोगितामा दिगो शान्ति महिला विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेड ठुलढुङगाचोक गण्डकीबेसी समूहले प्रथम स्थान हासिल गरी २० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्राप्त गरेको छ ।
यसैगरी प्रतियोगितामा शिबबस्ती आमा समूह दोस्रो, सिस्ने सरस्वती आमा समूह तेस्रोे र कालिकास्थान बजार व्यवस्थापन समितिले चतुर्थ स्थान हासिल गरे ।
पोखरा महानगरपालिका वडा नं ३३ कालिका स्थान सामाजिक समारोह स्थलमा सम्पन्न प्रतियोगितात्मक चौथो खुल्ला देउसी भैलो तथा एकल नृत्य प्रतियोगितामा एकल नृत्यतर्फ सुस्मिता सुनार प्रथम, आयुष गुरुङ द्वितीय, स्वस्तिका आचार्य तृतीय र प्रसंशा थापाले चतुर्थ स्थान हासिल गर्न सफल भए ।
प्रतियोगिताका विजयीलाई पोखरा महानगरपालिका वडा नं ३३ का वडा अध्यक्ष शिवप्रसाद आचार्यले नगद पुरस्कार सहित सम्मानपत्र प्रदान गरे । भरतपोखरी विकास मञ्चका अध्यक्ष डिल्लीराम बरालको अध्यक्षतामा प्रतियोगिता सम्पन्न भएको थियो । रामप्रसाद ढकाल र संयोजक चेतबहादुर महतले संचालन गरेको प्रतियोगिताका वक्ताहरुले लोकसंस्कृति देउसी भैलोको महत्व बारे प्रकाश पारेका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भाेटेकाेशी बाढी : विभिन्न जिल्लामा ७३४ जनाको शव फेला
- धादिङको कृष्णभिरमा पहिरो खसेपछि पृथ्वी राजमार्ग अवरुद्ध
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
प्रतिकृया दिनुहोस