सामलिङ्ग पावरको आईपीओ बाँडफाँड, ६७ हजार ८९० जना १० कित्ताका भाग्यमानी
- गाउँ सहर संवाददाता
- १६ कार्तिक मंगलबार, २०७८ | १०:४७:०० मा प्रकाशित

काठमाडाैं । सामलिङ्ग पावर कम्पनीको प्राथमिक शेयर (आईपीओ) बाँडफाँट भएको छ । कम्पनीले आईपीओ मंगलबार विहान शेयर निष्काशन तथा बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गको कार्यालयमा सो आईपीओ बाँडफाँट गरेको हो।
कम्पनीले बिहीबार कात्तिक ४ गतेदेखि ७ करोड ३० लाख रुपैयाँ बराबरको ७ लाख ३० हजार कित्ता साधारण शेयर निष्काशन गरेको थियो।
त्यसमध्ये २ प्रतिशत अर्थात १४ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३६ हजार ५०० कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ । बाँकी ६ लाख ७८ हजार ९०० कित्ता मात्रै सर्वसाधारणको लागि बाँडफाँट गरिएको हो ।
कम्पनीको आईपीओमा कुल २१ लाख ९८ हजार ७६४ जनाले २ करोड ५२ लाख १९ हजार ९०० कित्ता शेयरका लागि आवेदन दिएका थिए । जसमध्ये ९ हजार ९८६ जनाको आवेदन रद्द भएका छन् भने २१ लाख ८८ हजार ७७८ जनाको आवेदन स्वीकृत भएको छ ।
स्वीकृत आवेदनमध्ये भाग्यमानी ६७ हजार ८९० जनाले १० कित्ताका दरले शेयर प्राप्त गरेका छन् ।
बाँडफाँडमा आवेदन दिएर योग्य भएका २१ लाख २० हजार ८८८ जना लगानीकर्ताको हात खाली भएको छ । जुन कुल योग्य आवेदकको ९६.९० प्रतिशत हुन आउँछ ।
प्राथमिक शेयर निष्काशन पछि कम्पनीको चुक्ता पूँजी ५० करोड रुपैयाँ पुग्नेछ । जस मध्ये ७५.४ प्रतिशत संस्थापक समुहको, १० प्रतिशत प्रभावित बासिन्दाको र १४.६ प्रतिशत सर्वसाधारणहरुको हुनेछ । आयोजनाको अनुमानित लागत २ अर्ब रुपैयाँ रहेको छ । प्रतिमेगावाट लागत २१ करोड ३ लाख रुपैयाँ पर्न आउँछ ।
कम्पनीले प्रतिशेयर १०० अंकित मूल्यका कुल १२ लाख ३० हजार कित्ता साधारण शेयर मध्ये आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुको लागि छुट्याईएको ५ लाख कित्ता, कम्पनीका कर्मचारीहरुलाई छुट्याईएको १४ हजार ६०० कित्ता र सामूहिक लगानी कोषहरुलाई छुट्याईएको ३६ हजार ५०० कित्ता यस अघि नै बाँडफाँड गरि सकेको छ ।
कम्पनीले इलाम जिल्ला स्थित माईबेनी जलविद्युत आयोजनाबाट ९.५१ मेगावाट जलविद्युत आयोजनाको सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी मिति २०७८ आश्विन १ गते (तदनुसार सेक्टेम्बर १७, २०२१) देखि व्यापारिक उत्पादन सुरु गरी सकेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज संविधान दिवस, विभिन्न कार्यक्रसहित मनाइँदै
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
प्रतिकृया दिनुहोस