चन्द्रागिरिका महाप्रबन्धक शाहलाई वर्ल्ड बुक अफ रेकर्ड्स सम्मान
- गाउँ सहर संवाददाता
- १४ कार्तिक आइतबार, २०७८ | १६:१७:०० मा प्रकाशित

काठमाडौँ । बेलायतस्थित वर्ल्ड बुक अफ रेकर्ड्सले हस्पिट्यालिटी र पर्यटन क्षेत्रमा पु-याएको अतुलनीय योगदानको लागि चन्द्रागिरि हिल्स लिमिटेडका महाप्रबन्धक अभिषेक बिक्रम शाहलाई सम्मानित गरेको छ ।
आइतबार आयोजित एक विशेष कार्यकमकाबीच उपराष्ट्रपति नन्दबहादुर पुनले शाहलाई उक्त सम्मानबाट सम्मानित गरेका हुन् ।
व्यवसायिक र सामाजिक क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने प्रभावशाली व्यक्तित्वहरुलाई सम्मान गर्दै जाने परम्परा अनुरुप उक्त सम्मानबाट शाहलाई सम्मानित गरिएको वर्ल्ड बुक अफ रेकर्ड्स नेपाल च्याप्टर प्रमुख सागर कटुवालले बताए ।
ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक महत्त्व बोकेको चन्द्रागिरि डाँडामा यस कम्पनीले भालेश्वर महादेव मन्दिर, सत्तल, भ्यू टावर, चिल्ड्रेन पार्क, सेमिनार हल तथा रिर्सोट लगायतका पूर्वाधार निर्माण गरेर चन्द्रागिरि डाँडालाई एकीकृत पर्यटकीय गन्तव्यको रुपमा विकास गरिरहेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
प्रतिकृया दिनुहोस