काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाभाइरसबाट ११ जनाले ज्यान गुमाएका छन् । योसहित कुल ज्यान गुमाउनेको संख्या ११ हजार ३९९ पुगेको छ ।
यस्तै परीक्षण गरिएका ७ हजार ९११ मध्ये ३७२ जना नयाँ पहिचान भएका छन् । तर ९११ जनाले रोग जितेका छन् ।
मन्त्रालयका अनुसार देशमा अब ९ हजार ५२६ सक्रिय संक्रमित रहेका छन् ।
आजसम्म कोरोनाविरुद्धको खोप लगाउनेको संख्या ७१ लाख ५२ हजार ३९ पुगेका छन् भने आजैमात्र १ लाख ७३ हजार ५९ ले खोप लगाएका छन् ।
मन्त्रालयका अनुसार अब ३ जिल्लामा ५०० बढी संक्रमित रहेका छन् । यस्तै २०० बढी संक्रमित हुने जिल्लाहरु ९ छन भने सक्रिय संक्रमित नहुने जिल्ला मुगु रहको छ ।
मन्त्रालयका अनुसार संक्रमण दर १८.४ प्रतिशत रहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
प्रतिकृया दिनुहोस