स्वास्थ्य सेवालाई अपाङ्गता समावेशी बनाउन सरोकारवालाहरुको जोड
- गाउँ सहर संवाददाता
- ८ कार्तिक सोमबार, २०७८ | २०:०८:०० मा प्रकाशित

पाेखरा । राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेश कार्यालयको आयोजनामा पोखरामा भएको “अपाङ्गता भएका ब्यक्तिको स्वास्थ्य र पुनर्स्थापना तथा प्रादेशिक स्वास्थ्य नीतिमा सवाल समाबेश” सम्बन्धी अन्तरक्रिया कार्यक्रमका सहभागीहरुले स्वास्थ्य सेवालाई अपाङ्गता समावेशी बनाउनु पर्ने कुरामा जोड दिएका छन्।
कार्यक्रममा कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित प्रदेश नीति तथा योजना आयोगका सदस्य माया तिम्सिनाले अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्यको विषय आफूलाई नयाँ भएको र उठेका विषयहरु सम्वोधनका लागि आफूले पहल गर्ने बताए। प्रदेश स्वास्थ्य निर्देशनालयको तर्फबाट प्रस्तुतिकरण राख्दै कुष्ठरोग नियन्त्रण तथा अपाङ्गता ब्यवस्थापन केन्द्र गण्डकी प्रदेशका निरीक्षक लक्ष्मण बस्यौलाले विभिन्न नितिले स्वास्थ्य सेवा प्रवाहलाई अपाङ्गता समावेशी बनाउनुपर्नेमा जोड दिए।
राष्ट्रिय अपाङ्ग महासंघ नेपाल गण्डकी प्रदेश कार्यलयको तर्फबाट प्रस्तुतिकरण राख्दै अध्यक्ष खोमराज शर्माले अपाङ्गता भएका व्यक्तिहरुको सिघ्र पहिचानको लागि जनशक्ति र अस्पतालहरु क्षमता विकास गर्नुपर्ने, सहायक सामग्री बितरण गर्दा नापचाँच गरी प्रयोग सम्वन्धी तालिम सहित बितरण गर्नुपर्ने, विभिन्न थेरापी सेवाहरु उपलव्ध गराउनुपर्ने, नियमित जाँच परामर्श र औषधिहरु निःशुल्क उपलव्ध गराउनुपर्ने, अत्यावश्यक औषघि (फ्याक्टर) नियमित आपुर्ति गर्नुपर्ने, तत्काल चाहिने मनोपरामर्श सेवा, रेफरल सेवा सरकारले उपलव्ध गराउनु पर्ने कुरामा जोड दिनुका साथै स्वास्थ्य सेवालाई अपाङ्गता समावेशी गराउन पहुँचयुक्त संरचान (सूचना प्रणाली, भवनहरु युनिभर्षल डिजाईनमा निर्माण, बहीरा अपाङ्गता भएका व्यक्तिहरुको लागि दोभाषेको ब्यवस्था, अस्पतालका बेडहरु सोही बमोजिम निर्माण) स्वास्थ्य कर्मचारीहरुको ब्यवहार, अपाङ्गता सहायता कक्ष (हेल्प डेक्स) लगायतका विषयहरुमा जोड दिनुपर्ने बताए।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा भरतबहादुर खत्रीले अपाङ्गता भएका व्यक्तिहरुको स्वास्थ्य बिमा गरेर उपचारमा सहजिकरण गर्न सकिने बताए।
प्रदेश स्वास्थ्य तालिम केन्द्रका प्रमूख रमेश अधिकारीले प्रदेश स्वास्थ्य तालिम केन्द्रले सञ्चालन गर्ने तालिममा अपाङ्गता भएका व्यक्तिहरुका सवालहरुलाई समावेश गर्ने गरी तालिमहरु सञ्चालन गर्ने बताए।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस