फ्रि भर्चुअल एण्ड हाइब्रिड एजुकेशन फेयर सम्पन्न
- गाउँ सहर संवाददाता
- ७ कार्तिक आइतबार, २०७८ | २०:४३:०० मा प्रकाशित

काठमाडाैँ । उच्च शिक्षा हासिल गर्न बेलायत जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी एडभोएले काठमाडौँको एभरेष्ट होटल र चितवनको दी फर्न रेजीडेन्सिमा एकै साथ फ्रि भर्चुअल एण्ड हाइब्रिड एजुकेशन फेयर सम्पन्न गरेको छ । एडभोएले युकेमा रहेकका ३० भन्दा बढी बिश्वबिद्यालयका प्रतिनिधिसँग कार्यक्रममा उपस्थित रहेका
विद्यार्थीहरुलाई प्रत्यक्ष रुपमा युकेमा विद्यार्थीहरुले पढ्ने विषय, योग्यता, अवसर र उनीहरुले त्यहाँ रहँदा गर्नुपर्ने कामहरुको बारेमा जानकारी दिएको थियो ।
काठमाडाैँको एभरेष्ट होटल र चितनवको फर्न रेजिडेन्सिमा गरी फ्रि भर्चुअल एण्ड हाइब्रिड एजुकेशन फेयरमा प्रत्यक्ष र भर्चुयल गरी करिब एक हजार विद्यार्थीहरुलाई परामर्श प्रदान गरिएको थियो । उक्त कार्यक्रममा पहिलो सत्रमा वेबिनार तथा दोस्रो सत्रमा विद्यार्थीहरुलाई ईन्टरनेटका माध्यमबाट युकेका विभिन्न विश्वविद्यालयसँग जोड्ने काम गरिएको एडभोएका प्रबन्ध निर्देशक फिलिप डिसीले जानकारी गराए ।
डिसीले एडभोए एउटा डिजिटल प्लेटफर्म भएको जानकारी दिँदै विद्यार्थीहरुले घरमै बसेर पनि ल्यापटप वा मोबाइल्को माध्यमबाट युकेमा रहेका हजारौँ कोर्सहरु र सयौँ विश्वविद्यालयहरुमा निवेदन दिन सकिने जानकारी गराए ।
सो कार्यक्रममा विद्यार्थीहरुले फ्रि भर्चुअल एण्ड हाइब्रिड एजुकेशन फेयरमा सहभागी भएर आफूले स्टडी इन युकेका बारेमा एकै ठाउँबाट सम्पूर्ण जानकारी प्राप्त गराइदिएकोमा एडभोए लाई धन्यवाद दिएका थिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस