शुन्य संक्रमित मुगु र मुस्ताङ, थपिए नयाँ ६६२, १३ जनाको दुखद निधन
- गाउँ सहर संवाददाता
- ३ कार्तिक बुधबार, २०७८ | १६:३५:०० मा प्रकाशित

काठमाडौँ । कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा १३ जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ११ हजार ३१८ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ४२६ जनाको परीक्षण गर्दा नयाँ ६६२ संक्रमित थपिएका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुने ७५८ छन् । योसहित कुल निको हुनेको संख्या ७ लाख ८४ हजार १५५ पुगेको छ ।
देशमा सक्रिय संक्रमितको संख्या ११ हजार ५७९ छ ।
पूर्ण खोप लगाउनेको संख्या ६४ लाख ८९ हजार ८२८ पुगेको छ । पछिल्लो दिन ९ हजार ८०२ जनाले खोप लगाएका छन् ।
मन्त्रालयका अनुसार संक्रमण दर १८.६ प्रतिशत रहेको छ ।
अहिले ५६ जिल्लामा सय कम संक्रमित, ५०० मुनि १५ र ५०० बढी संक्रमित हुने जिल्ला ४ रहेका छन् ।
मुगु र मुस्ताङ शुन्य संक्रमित जिल्ला भएका छन् ।
दशैंपछि नयाँ संक्रमणकाे गति बढ्न थालेकाे छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस