विश्व भोकमरी सूचकाङ्कमा नेपाल ७६ औं स्थानमा, १८ ओटा देशहरू टप -याङ्कमा
- गाउँ सहर संवाददाता
- ३० असोज शनिबार, २०७८ | १३:२९:०० मा प्रकाशित

काठमाडाैँ । विश्व भोकमरी सूचकाङ्कमा नेपाल ७६ औं स्थानमा रहेको छ ।
संयुक्त राष्ट्रसंघ सम्वद्ध संस्था खाद्य तथा कृषि संगठन (एफएओ) द्वारा शुक्रवार सार्वजनिक तथ्यांक अनुसार ११७ ओटा देश सम्मिलित सूचीमा नेपाल ७६ औं स्थानमा रहेकाे हाे ।
भारतभन्दा नेपाल धेरै अगाडि रहेको छ । विश्व भोकमरी सूचकाङ्कमा भारतलाई पाकिस्तानभन्दा खराव स्थितिमा राखिएको छ । भारतको ग्लोबल हंगर इन्डेक्स (जीएचआई) स्कोर २७ दशमलव ५ रहेको छ ।
भारतको सूचकाङ्क ११७ ओटा देशमध्ये १०१ औँ स्थानमा रहेको छ भने पाकिस्तान ९२ औं, म्यानमार ७१ औं स्थान, बंंगलादेश ७६ औं स्थान र नेपाल पनि ७६ औं स्थानमा रहेको छ । तर भारतले उक्त सूचकाङ्क गलत रहेको भन्दै आपत्ति प्रकट गरेको छ ।
भारतको महिला एवं बाल कल्याण मन्त्रालयले अल्पपोषण या कुपोषण को वैज्ञानिक तरीकाबाट मापन हुनुपर्नेमा काल्पनिक तरिकाले मापन भएको भन्दै विरोध गरेको छ ।
अघिल्लो वर्ष भारतको भोकमरी सूचकाङ्क १०७ ओटा देशमा ९४ औं स्थानमा थियो । यो सूचकाङ्कले भारतमा भोकमरीको अवस्था चिन्ताजनक रहेको देखाउँछ ।
उता चीन, ब्राजील तथा कुवेतसहित १८ ओटा देशले भने टप -याङ्कमा हासिल गरेका छन् । ती देशको जीएचआई स्कोर पाँचभन्दा कम रहेको छ । ४ दशमलव ९ वा सोभन्दा कम अंक प्राप्त गर्ने मुलुकलाई न्यून भोकमरीको अवस्थाको मुलुकको सूचीमा राख्ने गरिएको छ ।
विश्व भोकमरी सूचकाङ्क विश्वव्यापी भोकमरीको अवस्था जनाउने तथ्याङ्क हो । यसको गणना वार्षिक रूपमा गर्ने गरिन्छ भने यसको नतिजा प्रत्येक वर्षको अक्टोबरमा जारी गर्ने गरिन्छ ।
सन् २००० यता विश्वमै भोकमरीमा निकै गिरावट भएपछि सन् २०२० को प्रतिवेदन अनुसार विश्वव्यापी तहको भोकमरीलाई मध्यम स्तरमा वर्गीकृत गर्न थालिएको छ ।
भोकमरी सूचकाङ्क सार्वजनिक गर्न थालेपछि धेरै राष्ट्रहरूले सन् २००० देखि भोकमरीमा कमी ल्याएका छन् तर केही देशहरूमा भोकमरी कायम छ भने केहीमा झन्-झन् खराब हुँदै गइरहेको छ ।
यो सूची तयार गर्दा कुपोषित बालबालिकाको संख्या, बाल मृत्युदर, बच्चाको लम्बाइअनुसार तौल नहुनु लगायतलाई आभार मानिएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस