वातावरण

एकादशीमा माैसमः एकदुई स्थानमा मेघगर्जन चट्याङ्गसहित हल्का वर्षा

झापा । आज २०७८ आश्विन ३० गते शनिबार अर्थात दशैंको एकादशी, जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशको प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहि अन्य भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशका एकदुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

यस्तै राति देशभर आंशिक देखि सामान्य बदली रहनेछ । प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

गाउँ सहर संवाददाता