६ जिल्लामा ५०० र १७ जिल्लामा २०० बढी काेराेना संक्रमित, निकाे हुने प्रतिशत ९६.९
- गाउँ सहर संवाददाता
- २८ असोज बिहीबार, २०७८ | १६:२३:०० मा प्रकाशित

काठमाडौँ । कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा ८ जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ११ हजार २६९ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार २१४ जनाको परीक्षण गर्दा नयाँ ४५५ संक्रमित थपिएका छन् । यो सहित कुल संक्रमित पिसिआरबाट ८ लाख ४ हजार २७६ र एन्टिजेनबाट ९३ हजार ३१३ पुगेका छन् ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुने ८०४ छन् । जुन ९६.९ प्रतिशत हो । योसहित कुल निको हुनेको संख्या ७ लाख ७९ हजार १५४ पुगेको छ ।
अहिले ३१० संक्रमित आइसियू र १०५ को भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभर होम आइसोलेशनमा हुनेको संख्या १२ हजार ७९१ र १ हजार ६२ जना संस्थागत आइसोलेशनमा छन् । यसमा २३० जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले बताएको छ ।
देशमा सक्रिय संक्रमितको संख्या १३ हजार ८५३ छ ।
पूर्ण खोप लगाउनेको संख्या ६४ लाख ६९ हजार १५९ पुगेको छ । पछिल्लो समय ४ हजार ७८४ जनाले खोप लगाएका छन् ।
मन्त्रालयका अनुसार संक्रमण दर १८.७ प्रतिशत र मृत्यु प्रति दशलाखमा ३७९.८ रहेको छ ।
अहिले ६ जिल्लामा ५०० बढी र १७ जिल्लामा २०० बढी संक्रमित रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
प्रतिकृया दिनुहोस