नवरात्रको नवौँ दिन भवानी दूर्गाको सिद्धिदात्री स्वरुपको आराधना
- गाउँ सहर संवाददाता
- २८ असोज बिहीबार, २०७८ | ०७:५४:०० मा प्रकाशित

झापा । नवरात्रको नवौँ दिन अर्थात् महानवमीमा भवानी दूर्गाको सिद्धिदात्री स्वरुपको आराधना गरिन्छ । महानवमीका दिनमा
घटस्थापनादेखि दैनिक रुपमा गरिने सप्तशती वा देवीभागवतको पाठ पूर्ण हुन्छ ।
यसै दिन हवन पनि गरिन्छ । सिद्धिदात्री देवीका चार हात र सिंह वाहनले सबैलाई अणिमा, महिमा, गरिमा । लघिमा, प्राप्ति, प्राकाम्य, ईशित्व र वशित्व गरी आठ सिद्धि प्रदान गर्दछिन् ।
सिद्धिदात्री देवीले चार हातमध्ये दायाँतर्फका दुई हातमा गदा र चक्र तथा वायाँतर्फका र्दुइ हातमा शङ्ख र कमलपुष्प धारण गरी कमलपुष्पमा विराजमान भएकी छन् ।
यसै दिन विहान कलपूर्जा, हातहतियारहरू तथा सवारीका साधनहरूको पूजा तथा विश्वकर्माको पूजा पनि सम्पन्न गरिन्छ । यस दिन अरू पूजाको अतिरिक्त विशेष गरी दुई वर्षदेखि दश वर्षसम्मका नव कन्याहरूको पनि पूजाआजा गर्ने गरिन्छ । सिद्धिदात्रीको पूजाले मनको अहंकार मेटिन्छ भनिएको छ ।
यसै दिन पूजन पश्चात् देवीलाई सम्पूर्ण प्रकारको अन्न तथा हलुव, चना, पुरी, खीर, आदिका व्यञ्जनको भोग लगाएर गरिब दुखीलाई बाँड्नाले सबै प्रकारका कष्टको निवारण हुने बताइन्छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस