तपाईं भेज कि ननभेज् ? दशैंमा मासु खानेले नभूल्नुहाेस् यी कुरा
- गाउँ सहर संवाददाता
- २६ असोज मंगलबार, २०७८ | ०६:३३:०० मा प्रकाशित

काठमाडाैँ । नेपालमा दशैं भन्नासाथ मासु स्वतः जाेडिन्छ । मासुसँग दाँत । हाे, चाडपर्व भित्रिँदा खानाका विविध परिकार खाने सौखिन नेपालीको जमात बढ्दो छ ।
दशैंमा मुख्य खानाको रुपमा मासुका परिकारहरुलाई लिइने गरिन्छ । भेज भए कुरा अर्कै तर ननभेजहरूले फूलपातीदेखि कोजाग्रत पूर्णिमासम्म एक हप्ता सामान्यतया अलि बढी नै मासुका परिकारहरु खाने गर्दछन् । तर मासु खानुअघि र खाइसकेपछि तपाईंले दाँतकाे सरसफाइ र सुरक्षाकाे बारेमा ख्याल गर्नुभएकाे छ ?
विशेष गरि दशैंमा मासु धेरै खाने भएपछि दाँतमा हुनसक्ने प्रमुख खतरा भनेको धेरै साह्रो कुरा (जस्तैः मासुको हड्डी, खाना खाएपछि खाइने सुपारी–छुर्पी आदि) चपाउँदा दाँत चोइटिनसक्छ । थरिथरिका स्वादिला परिकार खानेबेला पनि दुई दाँतको बीचमा खाना अड्किन सक्छ । पहिले नै चेप छ वा किराले खाएको छ भने, झनै खाना अड्किन्छ ।
अड्किएका खाना समयमै सफा नगरे कुहिन थाल्छ र त्यसले अम्ल निकाल्छ। कुहिएको खाना र अम्लले दाँतलाई पनि कुहाएर पीडा दिन्छ । गिजामा समेत संक्रमण बनाउँछ । गिजा संक्रमित हुँदा गिजा सुन्निने, खुकुलो हुने, रातो वा निलो हुने, रगत बग्ने र हड्डी कमजोर हुने जस्ता समस्या आउँछन् । हड्डी नै कमजोर भएपछि दाँत हल्लिने, टनटन दुख्ने, चपाउन नसक्ने हुल्छ ।
जुनसुकै उमेर समूहका लागि दाँत सफा र स्वस्थ हुनु आवश्यक हुन्छ । दाँत सफा राख्ने कुरालाई कसैले पनि लापर्बाही गर्न नहुने चिकित्सकको भनाइ छ । यदि दाँतको समयमै उपचार हुन नसके दाँत निकाल्नुको विकल्प रहँदैन । आरसिटी भनेको सङ्क्रमित दाँत रोगीलाई गरिने अन्तिम उपचार पद्धति हो ।
पर्वहरुमा धेरै बढि पोलेका मासुका परिकारहरु, धुम्रपान, मद्यपान साथसाथै एकैपटक लगातार खाइरहँदा दाँत, मुख तथा गिजा सामान्य अवस्थामा भन्दा बढि शिथिल तथा सुख्खा बन्न जान्छन् । त्यसैले मासुका परिकार खानु अघि राम्रोसँग पकाएर तथा गलाएर मात्र खाने ।
यदि खाने कुरा अड्की हालेमा त्यसलाई तुरुन्तै निकाल्नको लागि एक किसिमको धागो (डेण्टल फ्लस) को सहायता लिने ।
दशैंमा धेरै नै टुथ पिकको प्रयोग हुने हुदाँ त्यसले गिजा तथा दाँतमा समस्या निम्त्याउने । सकभर त्यसको प्रयोग नगर्ने, धेरै तातो खानेकुराले मुख भित्रका नरम छालाहरुमा असर गर्ने भएकोले सेलाएर मात्र खाने । रातीको खानापछि सधैँ ब्रस गर्ने र दिउँसोको हल्का खानापछि कुल्ला गर्ने ।
धेरै तातो र चिसो खानेकुरा एकैपटक नखाने, दाँतको समस्या हुनेले साह्रो खानेकुराको प्रयोग कम गर्ने फ्लोराईडयुक्त टुथपेस्टको प्रयोग गर्ने । दाँतको समस्या आउन सक्ने हुँदा दाँतको समस्या देखिनासाथ स्वास्थ्य परीक्षण गराउनु पर्छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- घुस काण्डमा मुछिएका मन्त्री गुप्तालाई बर्खास्त गर्न गगन थापाकाे माग
- काठमाडौं महानगरले ल्यायो २५ अर्ब ७६ करोड ४३ लाख रुपैयाँको बजेट
- आज आदिकवि भानुभक्तको २१२औं जन्मजयन्ती मनाइँदै
- एनपीएलको अक्सनका लागि खेलाडी दर्ता खुला
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
प्रतिकृया दिनुहोस