स्वास्थ्य

नेपालमा काेराेनाबाट निकाे हुने ७ लाख ७६ हजार ८३१, सक्रिय संक्रमितको संख्या १४ हजार ७८७

काठमाडौँ । कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा १२ जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ११ हजार २४३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार १९५ जनाकाे परीक्षण गर्दा नयाँ ७८५ संक्रमित थपिएका छन् । यो सहित कुल संक्रमित पिसिआरबाट ८ लाख २ हजार ८६१ र एन्टिजेनबाट ९३ हजार ११६ पुगेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुने ८८८ छन् । जुन ९६.८ प्रतिशत हो । योसहित कुल निको हुनेको संख्या ७ लाख ७६ हजार ८३१ पुगेको छ ।

अहिले ३१४ संक्रमित आइसियू र १११ को भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभर होम आइसोलेशनमा हुनेको संख्या १३ हजार ६२२ र १ हजार १६५ जना संस्थागत आइसोलेशनमा छन् । यसमा २३१ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले बताएको छ ।

देशमा सक्रिय संक्रमितको संख्या १४ हजार ७८७ छ ।

पूर्ण खोप लगाउनेको संख्या ६४ लाख ६२ हजार ७७६ पुगेको छ । पछिल्लो समय १ लाख २७ हजार ५३२ जनाले खोप लगाएका छन् ।

मन्त्रालयका अनुसा संक्रमण दर १८.७ प्रतिशत र मृत्यु प्रति दशलाखमा ३७८.९ रहेको छ ।

अहिले ७ जिल्लामा ५०० बढी संक्रमण र १७ जिल्लामा २०० बढी संक्रमित रहेका छन् ।

गाउँ सहर संवाददाता