कला

पाँच डाली कोपिला

पाँच डाली कोपिला

डाली १
कोपिला १
     मुटुभित्रै बसेर खायौ
     भन्न त शाकाहारी भन्यौ तर
     यो मनभित्रै पसेर खायौ

कोपिला २
कदमको छायाले
म घर छोड्नै सक्दिनँ कि
प्यारीको मायाले

कोपिला ३
     अचेल मेरो तीज हरायो
     संस्कृतिका नाममा विकृति बढेर
खोल मात्रै छ बीज हरायो  

कोपिला ४
     सबै जेलभित्र रैछन् यार
     ममात्रै हो क्या हो बाहिर भएको
     तीज नमान्ने हैछन् यार

कोपिला ५
उदास यो चेहेरामा पसेन
घरको छेउबाट तीज गएको देखेँ
म गरिबको डेरामा पसेन ।
 
डाली २
कोपिला १
जरै देखि पखाल्नु पर्छ बरिलै
रजोवती हुँदा स्पर्श भएका ती पापलाई
पञ्चमीपूजाले दोष टर्छ बरिलै

कोपिला २
दोबिल्लाको पहिरो पर्छ बरिलै
माइत जान पाइनँ बाटो मेरो थुनियो
आँखाबाट आँसु भेल झर्छ बरिलै

कोपिला ३
सप्तऋषि पूजाले शुद्ध बरिलै
मनको मैलो पखाली तन हल्का भएको
वचनले बन्ने हो बुद्ध बरिलै

कोपिला ४
बाँचे अर्काे सालमा आउँछु बरिलै
आयोआयो भन्दाभन्दै गैसकेछ तीज नि
चरी जेलमा भनेर गाउँछु बरिलै
कोपिला ५

डाली ३
कोपिला १
बाढी र पैह्रोले बाटै थुनियो आमा
तिम्रो सम्झनाले मुटु खाइरहन्छ किन
एकैपल्ट भेट्न पाए हुनी हो आमा ।

कोपिला २
सधैँ यही कुराले त गारो हुन्छ
माइतको भनेपछि त यति माया लाग्ने
जाबो यौटा कुकुर पनि प्यारो हुन्छ ।

कोपिला ३
तीज आउँदा माइतै जाने हतारो लाग्छ
मन उडेर पुगिसक्छ तन यहीँ भएर के गर्नू
बाटाभर ती राता सारीको धारो लाग्छ

कोपिला ४
दर भनी मासुबियर खाइन्छ अचेल
संस्कृतिभन्दा पनि विकृति मान्ने जमाना यो
स्याम्पेन खोलेर जिउ नुहाइन्छ अचेल

कोपिला ५
तिम्रो मन कसरी थामी हौली आमा
छोरीलाई बाढीले बगायो खबर नभन्दिनू है
आँखा छोपी फोटो छामी हौली आमा

डाली ४
कोपिला १
कोरोना लहर छायो बरिलै
भेट्न मन लाको छ साथीसँगिनीलाई  
तीजको रौनक आयो बरिलै

कोपिला २
नौ डाँडा पारि छ माइतीको देश
फाटिदे बादलु म हेर्छु मेरो जन्मघर त्यो
कालीको वारि छ माइतीको देश

कोपिला ३
नाच्ने हो छमछमी रातो सारीमा
तीजको भाकामा यो बारुले कम्मर भाँची
कहिले आँगनी कैले बारीमा

कोपिला ४
आमाले दिएको दर खानी हो
ओठको हाँसोले आँखाको आँसु छोपेर
कसरी पराईको घर खानी हो

कोपिला ५
आमाले मूल बाटो हेरेकी होलिन्
थाहै छैन भेट होला कि नहोला मेरी आमा
मनभरि मायाले केरेकी होलिन्

डाली  ५
पात : ४+४+५=१३ मुना ४+४+४+४=१६

कोपिला १
तीज पनि आइसक्यो घर बरिलै
माली गाईले गोठ राम्रो चेली हुँदा तीज राम्रो
के खानी हो दिदीबैनी दर बरिलै
कोपिला २
कोरोनाले गर्दा छैन रहर बरिलै
न सोचेको न सम्झेको केके हुन्छ डर लाग्छ
बाढीपैह्रो झनै दिन्छ कहर बरिलै

कोपिला ३
सौभाग्यले भेट भयौँ आज बरिलै
वर्ष दिनको तीज पनि डरैडरमा जाने हो कि
कम्मर मर्काई नाचौँ केको लाज बरिलै  

कोपिला ४
बाबाजीको आँगनीमा लेउ बरिलै
एकै मुठी परानको चिन्ता धेरै हुने रैछ
डर लाग्छ जान पनि छेउ बरिलै

कोपिला ५
पोहोर सँगै ऐले के पो भयो बरिलै
कर्कलाको पातमाथि पानी जस्तो जीवन हाम्रो
भन्छन् डल्ली कोरोनाले लयो बरिलै  

तपाईँको मत