विचारको बलले जनमुक्ति मुलुकै बैकल्पिक शक्ति हो : कार्यकारी अध्यक्ष सुर्यवंशी
- गाउँ सहर संवाददाता
- २५ असोज सोमबार, २०७८ | ०८:५४:०० मा प्रकाशित

बुटवल । राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशव सुर्यवंशीले पार्टीलाई मुलुकको बैकल्पिक राजनीतिक शक्तिको रुपमा स्थापीत गराएरै छाड्ने दृढता व्यक्त गरेका छन् ।
पुराना राजनीतिक दलहरुबाट मुलुकको समृद्धि सम्भब नभएको भन्दै उनले जनमुक्ति पार्टीलाई मुलुकको बैकल्पिक राजनीतिक शक्तिको रुपमा स्थापीत गरेर राज्यसत्ताको बागडोर सम्हाल्ने अवस्थामा पुर्याउने दाबी गरे ।
राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश परिचालन समिति लुथमद्वारा आइतबार रुपन्देहीको मंगलापूरमा आयोजित हालै धरानमा सम्पन्न राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कार्यकारी अध्यक्ष सुर्यवंशीले बहुजातीय लोकतान्त्रिक समाजवादमा मात्रै सबै जाती भाषा भाषी र समुदायको उत्थान हुने बताए । पार्टीले स्थापना काल देखी नै उठाउँदै आएको मुद्धा अंशिक रुपमा भए पनि ठुला दलले अनुसरण गर्न वाध्य भएका छन् । यसर्थ पनि जनमुक्तिको बैचारिक जित भएको बताए ।
राष्ट्रिय जनमुक्ति पार्टी प्रदेश परिचालन समिति लुथमका अध्यक्ष झमबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पार्टीका बरिष्ठ उपाध्यक्ष कमला थापा, उपाध्यक्ष मनिराम चौलागाई, सचिव मोबिज अली,पार्टीका प्रदेश सचिब चित्र प्रसाद गुरुङ,जिल्ला अध्यक्ष प्रेमबहादुर थापा लगायतले नवनिर्वाचित पदाधीकारीहरुलाई बधाई ज्ञापन गर्दै आगामि दिनमा पार्टीलाई थप ससक्त बनाएर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
सम्मानित हुनेहरुमा नवनिर्वाचित कार्यकारी अध्यक्ष केशव सुर्यवंशी, बरिष्ठ उपाध्यक्ष कमला थापा,उपाध्यक्षहरु हाजी महोमद हसन, होमाया गरुड़, भिम बहादुर राना,मणिराम चौलागाई, रबिन्द्र उच्च नेपाली, महासचिव टोप अस्लामी, सचिवहरु गिता सारु, ज्ञान बहादुर सलामी, मोजिव अली, अनुगमन तथा मुल्याङ्कन समितिका संयोजक दल बहादुर विरकट्टा, संघीय परिषद सदस्य बाल किशोर राना, धनि आले मधु राना, कल्पना पुन, विमला गुरुङ्ग, बल बहादुर थापा, लुम बहादुर थापा, चन्दा थापा, अरमान अन्सारी, सांसद अन्सारी, मिनमाया थापा, उत्तम आले, गम ब. थापा, धनराज विश्वकर्मा रहेका छन् ।
सो अवसरमा अन्य पार्टी परित्याग गरी एक दर्जन युवा जनमुक्ति पार्टीमा प्रवेश गरेको पार्टीका महासचिव टोप अस्लामी मगरले जानकारी दिए ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
- जेनजी प्रदर्शनमा ज्यान गुमाएकाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि
- बिपी राजमार्ग असोज १ गतेदेखि २४सै घण्टा सञ्चालन हुने
प्रतिकृया दिनुहोस