मुक्तिनाथ विकास बैंक र नेपाल प्रहरीले साझेदारीमा जनचेतना मुलक कार्य गर्ने
- गाउँ सहर संवाददाता
- २४ असोज आइतबार, २०७८ | १५:५८:०० मा प्रकाशित
.jpeg)
काठमाडाैं । मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत दुई छुट्टा छुट्टै कार्यक्रममा महानगरीय पहरी वृत्त दरबारमार्ग र महानगरीय पहरी वृत्त मालीगाउँसँग साझेदारीमा जनचेतना मुलक पर्चा, प्रहरी चेकिङ्गका लागि बोर्ड, महत्वपूर्ण सम्पर्क नंम्बर समेटिएका स्टिकरस्, मास्क लगाउन आग्रहमा लागि स्ट्यिाण्डी आदि जस्ता सामाग्रीहरु हस्तान्तरण गरेको छ ।
मुक्तिनाथ विकास बैंकले आफ्नो सामाजिक उत्तरदायित्वलाई आत्मसाथ गर्दै, यस सहयोगबाट सबै क्षेत्रका नागरिकको हितमा काम हुने र चाडपर्वको बेला अपराध नियन्त्रण तथा रोकथाममा केही सहयोग पुग्ने विश्वास लिएको छ ।
साथै, बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको एटिएम मेसिनबाट नि:शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा, मिस्डकल बैंकिङ्ग (बचत सेवाको लागिः ९८०१११००२२, कर्जा सेवाको लागिः ९८०१११००२३) आदि जस्ता सेवाहरु बैंकको शाखामा भौतिक रुपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस