ओरालो लागेको शेयरबजारमा लघुवित्तको शेयररमूल्य उच्च बिन्दुमा काराेबार
- गाउँ सहर संवाददाता
- २४ असोज आइतबार, २०७८ | १५:३२:०० मा प्रकाशित

काठमाडौं । साताको पहिलो दिन आइतबार नेप्से परिसूचक १८.५५ अंकले घटेको छ । लगातार घटिरहेको नेप्से परिसूचक बीचमा केही दिन बढे पनि फेरि ओरालो लागेको छ ।
यो दिन ७२ लाख ५१ हजार ७४४ कित्ता सेयर ४ अर्ब ४९ करोड ८० लाख ४३ हजार ५८० रुपैयाँमा कारोबार भएको छ । यो दिन ६५ वटा कम्पनीको सेयर मूल्य बढेको छ भने १४९ वटा कम्पनीको सेयर मूल्य घटेको छ । साथै ५ वटा कम्पनीको सेयर मूल्य स्थिर छ ।
उपसमूहतर्फ म्यूचुअल फण्ड, जीवन बीमा कम्पनी, फाइनान्सबाहेकमा गिरावट देखिएको छ ।
यस दिन सपोर्ट माइक्रोफाइनान्स र मैलुङ्ग खोला जलविद्युत कम्पनीको शेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । त्यसैगरी, यस दिन जीवन विकास लघुवित्त र महिला लघुवित्तको शेयररमूल्य ९ प्रतिशतभन्दा बढी बढेको छ । यस दिन शिभम् सिमेन्ट्स, माउन्टेन हाइड्रो नेपाल र रिडी हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढी घटेको छ ।
कारोबार रकमका आधारमा यस दिन महिला लघुवित्त शिर्ष स्थानमा रहेको छ । लघुवित्तले यसै दिन लाभांश घोषणा गरेका कारण कारोबार बढेको हो । सो लघुवित्तको १८ करोड ९३ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
- कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
- लाओसबिरूद्ध नेपालकाे ९ गाेल, साम्बाकाे मात्रै ५ गाेल
- २६ अंकले बढेको नेप्सेका कति भयाे कारोबार
- निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- रास्वपा र राप्रपाद्वारा आज पनि सदन बहिष्कार
प्रतिकृया दिनुहोस