सांस्कृतिक क्रान्तिबाट मुलुकको राजनीतिक रुपान्तरण हुन्छ - टोप अस्लामी
- गाउँ सहर संवाददाता
- २४ असोज आइतबार, २०७८ | ०९:१०:०० मा प्रकाशित
बुटवल । राष्ट्रिय जनमुक्ति पार्टी निकट बहुजातिय सांस्कतिक मोर्चा प्रदेश परिचालन समिति लुथमको आयोजनामा शनिबार बुटवलको देबिनगर स्थित भुपु सैनिक क्लब हलमा बहुजातीय सांस्कतिक साँझ सम्पन्न भएको छ ।
आउँदै गरेको बिजया दशमी, बलिहाङ्ग तिहार, छठ लगायत पर्वको अवसरमा आयोजित बहुजातीय सांस्कतिक साँझमा मोर्चाका कलाकारहरुले बिभिन्न जात-जाति तथा समुदायसँग सम्बन्धित गित तथा सांस्कृतिक नृत्य प्रस्तुत गर्नुका साथै गीति नाटक समेत प्रस्तुत गरेका थिए ।
बहुजातीय सांस्कृतिक मोर्चा, लुम्बिनी प्रदेश लुथमका अध्यक्ष मेहर सिंह थापाको अध्यक्षता तथ राष्ट्रिय जनमुक्ति पार्टीका कार्यकारी अध्यक्ष केशब सुर्यवंशिको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा पार्टीका महासचिव टोप अस्लामिले सांस्कृतिक क्रान्तीबाट मुलुकको राजनीतिक रुपान्तरण हुने बताउँदै छैठो महाधिवेशन पछि पार्टीले मोर्चालाई लिएर गाउँ-गाउँ जन-जनमा सांस्कृतिक करणतिको अभियान लिएर जाने बताए ।
बहुजातिय सांस्कृतिक मोर्चाका संयोजक तथा केन्द्रीय सचिव ज्ञान् बहादुर सलामी लगायतले मन्तव्यबाट शुरु भएको सो कार्यक्रममा सांस्कृतिक मोर्चाका कलाकार मनोरन्जनमुलक लगायत देशभक्तिका सांगितिक प्रस्तुति पस्केका थिए भने पार्टीका महिला नेतृ राधिका श्रीस र युवा नेता लबसन गुरुङको संचालनमा सम्पन्न भएको थियो ।
कोभिड महामारीले मानवीय जीवनलाई नै ध्वस्त बनाएको परिस्थितीलाई मध्यानजर गर्दै पुनः जनजिविका सामान्यरुपमा ल्याउन र सांस्कृतिक साँझले नेता कार्यकर्तालाई एक आपसमा भेट्ने अवसर पनि प्रदान गरेको थियो । सांस्कृतिक मोर्चाका सचिव तुल बहादुर सलामीको संयोजनमा कलाकारले मौलिक संस्कृति झल्कने गीत नृत्य तथा चेतनामूलक नाट्य प्रस्तुति दिएका थिए ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- नागढुंगा सुरुङमार्ग प्रयोग गर्ने सवारी साधनले आजदेखि कति तिर्नुपर्नेछ
- एनपीएलमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदै
- अर्नब चक्रवातको प्रभाव कमजोर हुँदै, देशभर मौसम क्रमिक रूपमा सुधार हुने
- घरपरिसरमै सुधारिएको खानेपानीको पहुँच ९० प्रतिशतमा, सुरक्षित पानी पाउने जनसङ्ख्या ४७.५ प्रतिशत मात्रै
- लुम्बिनी लायन्स र चितवन राइनोजबीचको खेल रद्द, अंक बाँडियो
- मनाङमा २४ घण्टामै १०४.४ मिलिमिटर वर्षा, सतर्कता अपनाउन आग्रह
- समाचार लेखेकै भरमा पत्रकारमाथि धरपकड : लोकतन्त्रमा सरकारको शक्ति कि असहिष्णुताको प्रदर्शन?
- पहिरोले बीपी राजमार्ग अवरुद्ध
- पर्यटन प्रवर्धन गर्न बेगनास ताल किनारमा फिस फेस्टिभल
- ‘तपाईंहरूको सुशासनमा पञ्चायती गन्ध आयो’ - जेन–जी अगुवा रक्षा बम
प्रतिकृया दिनुहोस