स्वास्थ्य

कोरोनाभाइरसका नयाँ बिरामी ७६० थपिए, निकाे हुने प्रतिशत ९६.७

काठमाडौँ । कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । यो सहित कुल मृतकको संख्या ११ हजार २२१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ हजार ३१ जनाकाे परीक्षण गर्दा नयाँ ७६० संक्रमित थपिएका छन् । यो सहित कुल संक्रमित पिसिआरबाट ८ लाख १६ हजार ६३३ र एन्टिजेनबाट ९२ हजार ९६३ पुगेका छन् ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा निको हुने ८९९ छन् । जुन ९६.७ प्रतिशत हो । योसहित कुल निको हुनेको संख्या ७ लाख ७५ हजार ७२ पुगेको छ ।

अहिले ३१७ संक्रमित आइसियू र ११३ को भेन्टिलेटरमा उपचार भइरहेको छ । देशभर होम आइसोलेशनमा हुनेको संख्या १४ हजार १६८ र १ हजार १७२ जना संस्थागत आइसोलेशनमा छन् । यसमा २३६ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले बताएको छ ।

देशमा सक्रिय संक्रमितको संख्या १५ हजार ३४० छ ।

पूर्ण खोप लगाउनेको संख्या ६४ लाख ४६ हजार ९५७ पुगेको छ । पछिल्लो समय ९० हजार ९९३ जनाले खोप लगाएका छन् ।

मन्त्रालयका अनुसा संक्रमण दर १८.७ प्रतिशत र मृत्यु प्रति दशलाखमा ३७८.२ रहेको छ ।

अहिले ८ जिल्लामा ५०० बढी संक्रमण र १९ जिल्लामा २०० बढी संक्रमित रहेका छन् ।

गाउँ सहर संवाददाता