विश्वमा कोरोनाभाइरसको उचाे गति धिमी हुँदै, २१ करोड ३५ लाख ७० हजार बढी निको
- गाउँ सहर संवाददाता
- २० असोज बुधबार, २०७८ | ०३:१०:०० मा प्रकाशित

काठमाडौँ । विश्वव्यापी महामारी कोरोनाभाइरसका कारण २३ करोड ६४ लाख ९६ हजार ११९ जना संक्रमित भएका छन् भने २१ करोड ३५ लाख ७० हजार ८५९ ले भने रोग जितेका छन् । यसमा ४८ लाख २९ हजार ४९५ ले भने ज्यान गुमाएका छन् ।
यो समाचार तयार पार्दासम्म, नेपालको समयानुसार विहानको तीन बजेको अपडेटमा सक्रिय संक्रमितको संख्या विश्वमा अब १ करोड ८० लाख ९५ हजार ७६५ रहेको छ । यो अघिल्लो दिनभन्दा केही कम हो ।
वर्ल्डोमिटर्स डट इन्फोकोरोनाभाइसकानुसार कुल सक्रिय संक्रमितमध्ये ८५ हजार ५८२ जनाको अवस्था भने चिन्ताजनक छ जुन ०.५ प्रतिशत हो । यो संख्या अघिल्लो दिनको तुलनामा कम नै हो ।
अहिलेसम्मका केशहरू मध्ये ९९.५ प्रतिशत डिस्चार्ज भएका छन् भने २ प्रतिशतको मृत्यु भएको इन्फोले बताएको छ । स्वास्थ्य मापदण्ड र खोपका कारण अहिले भाइरसको गति धिमी देखिएको छ ।
भाइरसका कारण अमेरिका, भारत, ब्राजिल, बेलायत, रशिया, टर्की, फन्स, इरान, अर्जेनिटना र स्पेन बढी प्रताडित छन् । अमेरिकामा अहिलेसम्म ७ लाख २४ हजार १४६, ब्राजिलमा ५ लाख ९८ हजार १८५, भारतमा ४ लाख ४९ हजार ५६८, रशियामा २ लाख ११ हजार ६९६, यूकेमा १ लाख ३७ हजार १५२, इटलीमा १ लाख ३१ हजार ११८, कोलम्बियामा १ लाख २६ हजार ४२५, इरानमा १ लाख २१ हजार छटङ, फ्रान्समा १ लाख १६ हजार ९२३, अर्जेन्टिनामा १ लाख १५ हजार २८३ को मृत्यु भएको छ ।
पछिल्लो समय र इन्फोको अपडेटसमयानुसार विश्वका २२३ देश तथा भूभागमा भाइरसका कारण ६ हजार ३५३ जनाको मृत्यु भइसकेको छ ।
यता नेपालमा पछिल्लो २४ घण्टामा थप ९६८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो २४ घण्टामा देशभर ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार १८० पुगेको छ ।
मंगलबार १ हजार ११४ जना कोरोना संक्रमणमुक्त भएका छन् । यो ९६.६ प्रतिशत हो । हाल देशभर १६ हजार २४८ सक्रिय संक्रमित रहेका छन् । गत २४ घण्टामा ११ हजार ५८२ पीसीआर तथा ४ हजार ४६० एन्टिजेन परीक्षण भएको छ ।
अहिले सघनमा ३३५ र भेन्टिलेटरमा उपचारार्थ संक्रमितको संख्या १२२ छ । २३७ जना क्वारेन्टाइनमा, १५ हजार ११७ आइसोलेशन र संस्थागत आइसोलेशनमा रहनेको संख्या १ हजार १३१ रहेको मन्त्रालयले बताएको छ ।
मन्त्रालयका अनुसार संक्रमण दर १८.८ प्रतिशत रहेको छ भने मृत्यु प्रति दशलाखमा ३७६.८ रहेको छ । उसका अनुसार ८ जिल्लामा ५०० बढी संक्रमित छन् भने २०० माथि संक्रमण रहेका जिल्लाहरू १९ छन् ।
मन्त्रालयका अनुसार काठमाडौँमा २ हजार २६८, भक्तपुरमा ६१९ र ललितपुरमा ७८८ सक्रिय संक्रमित रहेका छन् । आजसम्म पूर्ण खोप लगाउनेको संख्या ६४ लाख ९ हजार १९६ पुगेको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस