कोरोनाबाट निको हुनेको प्रतिशत ९६.५, १ हजार ३० संक्रमित थपिँदा १ हजार निको, पूर्ण खाेप लगाउने ६४ लाख नजिक
- गाउँ सहर संवाददाता
- १८ असोज सोमबार, २०७८ | १७:३०:०० मा प्रकाशित

काठमाडौँ । कोरोनाभाइरसका कारण पछिल्लो २४ घण्टामा थप १० जनाको मृत्यु भएको छ । योसहित कुल मृतकको संख्या ११ हजार १७४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ८७४ को परीक्षण गर्दा नयाँ १ हजार ३० संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या पिसिआर परीक्षणबाट ७ लाख ९८ हजार ४ र एन्टिजेन विधिबाट ९२ हजार २५२ पुगेको छ ।
मन्त्रालयका अनुसार पछिल्लो समयमा निको हुनेको संख्या १ हजार छ । योसहित कुल निको हुनेको संख्या ७ लाख ७० हजार २२४ पुगेको छ ।
मन्त्रालयका अनुसार अहिले ३५१ जना संक्रमित सघन र ११८ जनाको भन्टिलेटरमा उपचारार्थ छन् । देशभरका संस्थागत क्वारेन्टाइनमा रहनेको संख्या २४१, होम आइसोलेशनमा रहने १५ हजार ५३४ र संस्थागत आइसोलेशनमा १ हजार १५२ रहेका छन् ।
देशमा सक्रिय संक्रमण १६ हजार ६०६ मा रहेको छ ।
मन्त्रालयका अनुसार निको हुनेको प्रतिशत ९६.५ छ । पूर्ण खोप लगाउनेको संख्या ६३ लाख ८४ हजार १७२ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र १ लाख २० हजार ५४८ जनाले खोप लगाएका छन् ।
मन्त्रालयका अनुसार संक्रमण दर १८.८ प्रतिशत र मृत्यु प्रति दशलाखमा ३७६.३ रहेको छ । अझैपनि ८ जिल्लामा ५०० बढी संक्रमित र २१ जिल्लामा २०० बढी संक्रमित रहेका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस