चक्कु प्रहार गरी हत्या
- गाउँ सहर संवाददाता
- १८ असोज सोमबार, २०७८ | १४:३७:०० मा प्रकाशित
रुपन्देही । शुद्धोधन गाउँपालिका-३ बेतानीस्थितमा प्लाई फ्याक्ट्रीमा काम गर्ने नवलपरासी (पश्चिम) सुस्ता गाउँपालिका-३ घर भएका २२ वर्षीय अवदेश हरिजनको चक्कु प्रहरी गरी हत्या गरेको अभियोगमा भारत गोपालगंज बस्ने १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
सविक्षा समिल नामको उक्त फ्याक्ट्रीमा काम गर्ने व्यक्ति बिच झैझगडा हुँदा ती किशोरले अवदेशलाई चक्कु प्रहार गर्दा गम्भीर घाइते भएका उनको उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालतर्फ लैजाँने क्रममा बाटोमै मृत्यु भएको हो ।
उक्त घटनाको खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय छपियाबाट खटिएको प्रहरीले चक्कु प्रहार गर्ने ती किशोरलाई पक्राउ गरेको हो । साथै चक्कु प्रहारबाट सामान्य घाइते भएका अवदेशका बाबु ४० वर्षीय गोपी चन्दको लुम्बिनी प्रादेशिक अस्पताल उपचार भइरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म ६६९ जनाको शव फेला
- भोटेकोशी बाढीपीडितका लागि काठमाडौं महानगरले ४ करोड ५४ लाख सहयोग गर्ने
- कांग्रेस इतर समूहले १५औँ महाधिवेशनको कार्यतालिका ल्याउन बोलायो बैठक
- अन्तर्राष्ट्रिय सहयोगको अपिल गर्दै सरकारद्वारा विपद् व्यवस्थापनमा तीव्रता
- विपद्ले टुटाएको धादिङवेँसीको सडक सम्बन्ध वैकल्पिक मार्गले जोड्यो
- प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषलाई प्राइम कमर्सियल बैंकको ३ करोड १ लाख रुपैयाँ सहयोग
- बाढी प्रभावित क्षेत्रमा नेपाल टेलिकमको द्रुत सेवा पुनरुत्थान र राहत प्रयास
- त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
- चीनको तिब्बतमा पुन: ड्याम फुट्यो, सतर्कता अपनाउन आग्रह
- आज जनैपूर्णिमा र रक्षाबन्धन पर्व मनाइँदै, यसकारण लगाइन्छ जनै र रक्षाबन्धन
प्रतिकृया दिनुहोस