कोरोनाबाट थप ९ जनाको मृत्यु, ३६८ सघन र १२० जनाको भेन्टिलेटरमा उपचार हुँदै
- गाउँ सहर संवाददाता
- १० असोज आइतबार, २०७८ | १६:१५:०० मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोनाबाट पछिल्लो २४ घण्टामा थप ९ जना संक्रमितको मृत्यु भएको छ । योसहित अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ९६ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १३ हजार ७३६ को परीक्षण भएको छ हुँदा ८३४ संक्रमित थपिएका छन् । योसहित कुल संक्रमितको संख्या ७ लाख ९१ हजार ३९२ पिसिआरबाट र ९० हजार ५४७ जना एन्टिजेन विधिबाट पत्ता लागेको छन् ।
अहिलेसम्मका संक्रमितमध्ये ३६८ सघन र १२० जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार निको हुनेको संख्या गत २४ घण्टामा १ हजार २७९ छ । योसहित कुल निको हुनेको संख्या ७ लाख ६१ हजार १५४ पुगेको छ ।
देशभरका क्वारेन्टाइनमा रहनेको संख्या २३० र होम आइसोलेशनमा रहेको संख्या १७ हजार ८१३ छ भने संस्थागत आइसोलेशनमा रहेको संख्या १ हजार ३२९ छ ।
देशमा सक्रिय संक्रमितको संख्या १९ हजार १४२ रहेको छ ।
अहिलेसम्म पूर्ण खोप खोप लगाउनेको संख्या ६० लाख ३६ हजार ४०१ छ । उमेर समूहको आधारमा अझैपनि २१ देखि ६० वर्ष उमेर समूहमा संक्रमण बढी छ ।
मन्त्रालयका अनुसार संक्रमण दर १९ प्रतिशत र मृत्यु प्रति दश लाखमा ३७४ रहेको छ ।
मन्त्रालयका अनुसार अहिले ५०० भन्दा बढी संक्रमित रहेका जिल्लाहरु ९ छन् भने २०० माथि संक्रमित रहेका २० जिल्लाहरु छन् ।
सुरक्षित गर्भपतन र सन्देश

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस