राजनीति

२४ वर्षीय युवा गाउँपालिका अध्यक्ष निर्वाचित

कालिकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा युवाहरुको सहभागिता र आकर्षण बढ्दो छ ।

राप्रपा भित्र देखिएको नयाँ तरंग अनुरुप २४ वर्षीय युवा कालिकोट जिल्लामा गाउँपालिका अध्यक्ष निर्वाचित भएका छन् ।

राप्रपाको जारी अधिवेशन कै क्रममा नवयुवक भुपेन्द्र शाही महाबै गाउँपालिकाको अध्यक्ष निर्वाचित भएका छन् ।

‘पार्टीले दिएको जिम्मेवारी प्रति पूर्ण प्रतिवद्ध रहेर क्रियाशील रहने छु,’ नयाँ जिम्मेवारी सँगै शाहीले भने । ‘राष्ट्रवादी पार्टीको रुपमा राप्रपा नै देशको आवश्यकता हो । यही यथार्थ प्रति युवा पुस्ता विश्वस्त छन् ।’

गाउँ सहर संवाददाता