नेपालमा ७९ लाखले लगाए कोरोनाविरुद्धको पूर्ण खोप, बालबालिकालाई पुसबाट लगाउने तयारी
- गाउँ सहर संवाददाता
- ७ असोज बिहीबार, २०७८ | ०७:५०:०० मा प्रकाशित

काठमाडौं । नेपालमा करिब ७९ लाखले कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलका अनुसार कोरोनाविरुद्धको पूर्ण मात्रा खोप लगाउनेको सङ्ख्या ७८ लाख ९० हजार ३७५ रहेको छ । हालसम्म ६२ लाख ६२ हजार ७८० जनाले पहिलो मात्रा खोप लगाएको उनले बताए ।
प्रवक्ता पौडेलका अनुसार कोभिसिल्डको पहिलो मात्रा लगाउनेको सङ्ख्या २६ लाख ३६ हजार ८२३ पुगेको छ । यस्तै कोभिसिल्डको दुवै मात्रा लगाउनेको सङ्ख्या १४ लाख ८८ हजार ४३५ पुगेको छ ।
भेरोसेल खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या ३६ लाख २५ हजार ९५७ पुगेको छ भने २८ लाख २३ हजार ६८३ जनाले भेरोसेलको पूर्ण मात्रा लगाएका छन् । यस्तै जोन्सन एन्ड जोन्सनको पूर्ण खोप लगाउनेको संख्या १४ लाख ४० हजार ७३५ रहेको छ ।
काठमाडौं उपत्यकामा ४१ प्रतिशतले कोरोनाविरुद्धको खोप लगाएको उनको भनाइ छ ।
पुसबाट बालबालिकालाई खोप लगाउने तयारी
आगामी पुसबाट बालबालिकालाई कोरोनाविरुद्ध खोप लगाउने तयारी थालिएको छ । त्यसका लागि सरकार अन्तिम तयारीमा छ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले बालबालिकालाई आगामी पुसदेखि कोरोनाविरुद्ध खोप दिन सुरु गरिने तयारी भइरहेको बताए । संसदको शिक्षा तथा स्वास्थ्य समितिको बुधबार बसेको बैठकमा स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले बालबालिकाका लागि एक करोड मात्रा खोप आउने प्रक्रियामा रहेको जानकारी दिए।
उनले भने,‘गाभिमार्फत् ४० लाख मात्रा मोर्डना खोप ल्याउन प्रक्रिया टुंगिसकेको छ । फाइजरको ६० लाख मात्रा खोप सन्दर्भमा प्रक्रिया अन्तिम स्टेजमा पुगेको छ । डिसेम्बर वा जनवरिबाट खोप लगाइन्छ ।’ यसअघि औषधि व्यवस्था विभागले फाइजर खोप आयातका लागि अनुमति दिइसकेको छ । हालसम्म नेपालमा कोभिसील्ड, भेरोसेल, जोन्सन एण्ड जोन्सन, एष्ट्राजेनेकाले आपतकालीन प्रयोगका लागि अनुमति पाइसकेका छन् ।
हालसम्म नेपालले १ करोड ७७ लाख मात्रा खोप नेपालले प्राप्त गरेको बताए । अमेरिकी फर्मा कम्पनी फाइजरले उत्पादन गरेको कोभिड–१९ विरुद्धको खोप ५ देखि ११ वर्षको बालबालिकामा प्रयोगका लागि सुरक्षित रहेको बताइएको छ । सो उमेर समूहका बालबालिकामा पनि पर्याप्त मात्रामा एन्टिबडी उत्पादन गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
हालसम्म देशभर १८ प्रतिशत नागरिकले खोप लगाएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार ५६ लाख २८ हजार नागरिकले कोरोनाविरुद्ध पूर्णखोप लगाएका छन् । यस्तै, ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाविरुद्धको फाइजर खोप प्रभावकारी रहेको बताइएको छ । लामो परीक्षणपछि खोप उत्पादन कम्पनीले विज्ञप्ती जारी गर्दै सो उमेर समूहका लागि फाइजर प्रभावकारी रहेको बताएको हो ।
कम्पनीले ५ देखि ११ वर्ष उमेर समूहका करिब २ हजार २६८ बालबालिकामा क्लिनिकल परिक्षण गरेको थियो । परीक्षणको क्रममा १० माइक्रोग्रामको दुईवटा भिन्दाभिन्दै फाइजर खोपको डोज दिएको थियो ।
परीक्षणपछि कम्पनीले सो उमेर समूहका लागि फाइजर खोप प्रभावकारी रहेको निश्कर्ष निकालेको थियो । सो उमेर समूहका लागि खोप निर्माता कम्पनीले चाँडै स्वीकृति दिने जनाएको छ ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- यस्ताे आयाे आगामी आर्थिक वर्ष २०८२/८३ काे माैद्रिक नीति (पूर्णपाठ)
- विवाह गरेर ३० वर्षभित्र तीन सन्तान पाइसक्न प्रधानमन्त्रीको आग्रह
- आज विश्व जनसङ्ख्या दिवस
- आज गुरु पूर्णिमा र व्यास जयन्ती मनाइँदै
- यस्ताे छ मुलुककाे ११ महिनाकाे स्वास्थ्य अवस्था
- स्थिर रहेकाे नेप्से परिसूचकमा घट्याे काराेबार रकम
- रसुवा बाढीमा परि ३ प्रहरी र ६ चिनियाँ नागरिकसहित १८ जना सम्पर्कविहीन
- भोटेकोशीकाे बाढीले रसुवागढी नाकामा मानवीय क्षतीसँगै मितेरी पुल, गाडी बगायाे
- २७ सय विन्दुबाट घट्यो नेप्से परिसूचक, कारोबार रकम ८ अर्ब ३७ करोड
- यी हुन् कुलिङ पिरियडमा भएको बदमासी छानबिन गर्ने विशेष समितिका ७ सदस्यहरुको नाम
प्रतिकृया दिनुहोस