राप्रपा जिल्ला कार्य समिति पाँचथरद्वारा अधिवेशन तालिका सार्वजनिक
- गाउँ सहर संवाददाता
- ६ असोज बुधबार, २०७८ | २२:२७:०० मा प्रकाशित

पाँचथर । आम कार्यकर्ताको समर्थन र सुझाव अनुकूल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) जिल्ला कार्य समिति पाँचथरले अधिवेशन तालिका सार्वजनिक गरेको छ ।
राप्रपा पाँचथरले सार्वजनिक गरेको अधिवेशन तालिका अनुसार असोज ५ देखि १५ गतेसम्म वडा, गाउँ र नगर अधिवेशन सम्पन्न गर्ने तय गरिएको छ । यसैगरी असोज १८ गतेसम्म प्रदेश सभा र असोज २० गतेसम्म जिल्ला अधिवेशन सम्पन्न गर्ने कार्यक्रम रहेको छ ।
कार्यकर्तापंक्तिको चाहना र पार्टी एकताको लक्ष्य बमोजिम अधिवेशन कार्यक्रम असोज ५ गतेबाट सुचारु भएको राप्रपा पाँचथरका सहअध्यक्ष राज कुमार जोशीले बुधबार भने ।
यस अघि जगत थापा समूहले एकांकी रुपमा तय गरेको अवैध अधिवेशन सच्याउन चुनावी कार्यक्रम जारी गरेको सहअध्यक्ष जोशीले राप्रपा पार्टी कार्यालयमा आयोजित पत्रकार भेटघाटको क्रममा स्पष्ट पारे । पार्टीको हित र सकारात्मक विकासप्रति प्रतिवद्ध कार्यकर्ताको सुझाव मध्यनजर गरेर अधिवेशन तालिका आएको उनको भनाइ थियो ।
‘विधिवत चुनावी प्रक्रियालाई अवरोध गर्ने गलत कार्यले आम कार्यकर्तापंक्तिलाई चिन्तित तुल्याएको छ । यसमा पराजित मानसिकता प्रतिविम्बित भएको स्पष्ट छ । प्रजातान्त्रिक प्रक्रिया र नतिजाबाट भाग्ने काम मनासिव छैन,’ कार्य सम्पादन समिति सदस्य तथा प्रदेश नं १ का उपाध्यक्ष सगुन सुन्दर लावतीले भने ।
‘पारस्परिक परामर्श र समन्वयमा पार्टी संगठन सुढृद गर्नु भन्ने पार्टी केन्द्रको निर्देशन छ । तथापि पार्टी नेतृत्वको नीति निर्देशन विपरीत, महाधिवेशन निर्देशिका उल्लंघन गर्दै यहाँ स्वेच्छाचारी प्रवृत्ति प्रदर्शन गरिएको छ,’ केन्द्रीय सदस्य मानदेव केरुङले भने ।
‘यस्तो अवैधानिक कामबाट पार्टीको छवी धुमिल हुने अवस्था छ । यस विषयमा पार्टी केन्द्र गम्भीर हुनुपर्छ,’ उनले भने ।
महाधिवेशनबाट प्राप्त उर्जाबाट राप्रपाले फड्को मार्ने राप्रपा पाँचथरले जनाएको छ ।
यसैबीच जिल्ला सदस्यहरू सचिन जबेगु र रिता शेर्मा आङदेङवेले विज्ञप्ति जारी गर्दै निर्वाचन समिति र कार्यतालिका विषयमा असोज ४ गते भएको एकलौटी निर्णय प्रति असहमति जनाएका छन् ।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- अब पेट्रोल र डिजेलकाे मूल्य कति तिर्नपर्छ ?
- नागार्जुनका मेयर मोहन बस्नेतलाई ११ वर्ष जेल सजाय, २८ करोड भन्दा बढी जरिवाना
- नेप्से परिसूचक एक अंकले बढ्याे
- रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने
- मन्त्रिपरिषद् बैठकका १५ निर्णय
- कांग्रेस केन्द्रीय समिति बैठक बस्दै, यी हुन् एजेन्डा
- लाओसबिरूद्ध नेपालकाे ९ गाेल, साम्बाकाे मात्रै ५ गाेल
- २६ अंकले बढेको नेप्सेका कति भयाे कारोबार
- निजामती विधेयक प्रतिनिधि सभाबाट पारित
- रास्वपा र राप्रपाद्वारा आज पनि सदन बहिष्कार
प्रतिकृया दिनुहोस