गाउँ सहर

कौडा खेलिरहेको अवस्थामा १७ जना पक्राउ

झापा । झापाकाे दमक नगरपालिका–१ बस्ने हिमाल देवानको घरको भान्सा कोठामा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका–७ बस्ने ४९ वर्षीय कर्ण राई लगायत १७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 

उनको भान्सा कोठामा कौडा खेलिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४ लाख २७ हजार ६ सय रुपैयाँ र १६ थान कौडा सहित पक्राउ गरेको हो ।      

यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

गाउँ सहर संवाददाता