गाउँ सहर

कपनबाट साढे सात किलो चरेससहित नौजना पक्राउ

काठमाडौं । कतार तस्करी गर्न लागिएको साढे सात किलो चरेससहित नौजना पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले काठमाडौंको कपनबाट उनीहरूलाई पक्राउ गरेको हो ।

ब्युरोको टोलीले कपनस्थित उर्पा तामाङको कोठाबाट तीन किलो ५७९ ग्राम र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको यात्रु प्रस्थानकक्षमा श्यामप्रसाद रोकाको साथबाट चार किलो ३५ ग्राम लागुऔषध चरेस बरामद गरेको जनाइएको छ ।

मंगलबार पत्रकार सम्मेलन गरी ब्युरो टोली यसबारेमा जानकारी गराएको हो ।

गाउँ सहर संवाददाता