काठमाडौं पनि साक्षर जिल्ला घोषित
- गाउँ सहर संवाददाता
- ५ असोज मंगलबार, २०७८ | ०७:३२:०० मा प्रकाशित

काठमाडौं । काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको छ। बागमती प्रदेशका सामाजिक विकास मन्त्री विजय सुवेदीले काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरेका हुन्।
काठमाडौंमा सोमबार आयोजित कार्यक्रममा सामाजिक विकासमन्त्री सुवेदीले काठमाडौं जिल्लाको साक्षरता ९६.८८ प्रतिशत रहेको भन्दै काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको बताए।
उनले काठमाडौं जिल्लालाई साक्षर बनाउँदा धेरै खुसी मिलेको भन्दै जिल्लालाई अझै पूर्ण साक्षर बनाउन लागिपर्ने बताए।
सामाजिक विकासमन्त्री सुवेदीले भने, ‘साक्षरता अभियान जिल्ला समन्वय समिति काठमाडौं, साक्षरता अभियान जिल्ला समन्वय समिति काठमाडौंका संयोजकको प्रस्ताव र प्रचलित कानुनबमोजिम काठमाडौं जिल्लाको साक्षरता प्रतिशत ९६.८८ रहेकाले साक्षर जिल्ला घोषणा गर्दछु।’
त्यस्तै, शिक्षा विकास निर्देशनालयका निर्देशक चन्द्रप्रसाद लुइँटेलले शिक्षामा व्यवस्थापकीय चुनौती रहेको बताए। स्रोत–साधन पर्याप्त भए पनि यसलाई व्यवस्थापन गर्न नसकेको उनको भनाइ छ।
त्यस्तै, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव रामप्रसाद थपलियाले शिक्षा शाखामा काम गर्ने शिक्षा अधिकारीहरूलाई शिक्षालाई व्यवस्थित बनाएर लैजान अनुरोध गरे। उनले प्राविधिक शिक्षा क्षेत्रमा बढीभन्दा बढी रकम लगानी गर्न अनुरोध गरे।
१५ देखि ६० वर्ष उमेर समूहका ९५ प्रतिशतभन्दा बढी नागरिक साक्षर भएको सुनिश्चित भएका क्षेत्र एवं, जिल्ला र राष्ट्रलाई साक्षर घोषणा गर्न सकिने शिक्षा मन्त्रालयको नीतिगत निर्णय छ। सोहीअनुरुप काठमाडौं जिल्लालाई साक्षर जिल्ला घोषणा गरिएको हो।

गाउँ सहर संवाददाता
मुलधारकाे विद्युतीय अखबारले समाजका विभिन्न आयामहरूलाई समेट्दछ ।
- राइजिङ स्टार युथ क्लवको रक्तदानमा ६३ युनिट रगत संकलन
- दशैंमा भायानेटको इन्टरनेट जडान वा रिन्यु गर्दा ग्राहकहरूका लागि उपहार र छुटै छुट
- ६ प्रतिशत अर्थात नेप्से परिसूचक १६० अंक घटेपछि कारोबार स्थगित
- अधिक तरलता कायमै, ९० अर्ब निक्षेप खिच्दै राष्ट्र बैंक
- संविधान दिवसमा नेपाल टेलिकमको ‘अफर’
- ‘चाडपर्व छोडेर काम खोज्न भारत’
- बिना बिलबिजकको सामान किनबेच नगर्न प्रहरीको अनुरोध
- राष्ट्रिय शोक मनाउन आज देशभर सार्वजनिक बिदा
- बडादशैंको टीकाको उत्तम साइत सार्वजनिक
- बैंक तथा वित्तीय संस्थाहरूको ब्याजदरमा उल्लेखनीय गिरावट
प्रतिकृया दिनुहोस